(रासस–एएफपी) । कोरोनाभाइरसका कारण विश्वभर ३ लाख ४० हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने संक्रमितको संख्या ५३ लाख नाघेको छ । युरोपेली मुलुकहरुमध्ये कोरोनाभाइरसबाट बेलायतमा सबैभन्दा बढी व्यक्तिको मृत्यु भएको छ । पछिल्लो विवरण अनुसार बेलायतमा ३६ हजार ३९३ कोरोनाभाइरसका कारण मृत्यु भइसकेको छ । संयुक्तराज्य अमेरिकामा मृत्युदरमा उतारचढाव यथावत छ । पछिल्लो २४ घण्टामा अमेरिकामा एक हजार २९३ व्यक्तिको मृत्यु भएको छ । योसहित अमेरिकामा मृत्यु भएका व्यक्तिको कूल संख्या ९७ हजार ६५५ पुगेको छ । कोरोनाभाइरसबाट सर्वाधिक मृत्युदर रहेका इटाली, स्पेन र फ्रान्स लगायतका मुलुकमा मृतकको संख्या ३० हजारको हाराहारीमा छ । हालसम्म इटालीमा ३२ हजार ६१६, फ्रान्समा २८ हजार २८९, स्पेनमा २८ हजार ६२८, बेल्जियममा ९ हजार २१२, जर्मनीमा ८ हजार ३५२ र नेदरल्यान्ड्मा ५ हजार ७८८ जनाको मृत्यु भएको छ । Yeti Diistillery दक्षिण अमेरिकी देशहरुमध्ये कोरोनाभाइरसको इपिसेन्टरका रुपमा देखिएको ब्राजिलमा २१ हजार ११६ को मृत्यु भएको छ । यहाँ एकै दिन ९६६ जनाको ज्यान गएको छ । यसैगरी, इरानमा ७ हजार ३००, मेक्सिकोमा ६ हजार ९८९, क्यानाडामा ६ हजार २५० र चीनमा ४ हजार ६३४ जनाको मृत्यु भइसकेको छ । कोरोनाभाइरस महामारीको पछिल्लो स्थिति क्र.सं. महादेश कूल संक्रमित निको भएका कूल मृत्यु विश्वभर ५३,०६,९२८ २१,६०,५३० ३,४०,०७२ १. युरोप १८,६८,२३७ ८,४९,१८० १,६८,४२६ २. उत्तर अमेरिका १८,२८,३६० ५,०७,२०७ १,१२,१३१ ३. एसिया ९,१४,५४३ ५ ३३,४७९ २६,७१२ ४. दक्षिण अमेरिका ५,८०,०७१ २,१८,७३८ २९,४४४ ५. अफ्रिका १,०५,८४५ ४२,८८१ ३,२०४ ६. ओसेनिया(अस्ट्रेलिया) ८,७१९ ८,०५० १२३ दक्षिण एसियाली मुलुकहरु १. भारत १,२५,१४९ ५१,८२४ ३,७२८ २. पाकिस्तान ५२,४३७ १ ,६५३ १,१०१ ३. बंगलादेश ३०,२०५ ६, १०९ ४३२ ४. अफगानिस्तान ९,२१६ ९९६ २०५ ५. श्रीलंका १,०६८ ६२० ९ ६. माल्दिभ्स १,२७४ १०९ ४ ७. नेपाल ५४८ ७० ३ ८. भुटान २४ ६ –