डडेल्धुरामा सवारी चालक अनुमति पत्र (लाइसेन्स)को लागि प्रयोगात्मक परीक्षा सुरु भएको छ। शनिबार एक औपचारिक कार्यक्रमका बीच सुदूरपश्चिम प्रदेशका माननीय मुख्यमन्त्री त्रिलोचन भट्टले प्रयोगात्मक परीक्षाको समउद्धाटन गरेका हुन्। साउन अन्तिम साता लाइसेन्सको लिखित परीक्षा सञ्चालन गरेको यातायात व्यवस्था कार्यालय डडेल्धुराले शनिबार ट्रायल उद्धाटन गरेको हो।
पहिलोपटक ए, के र बी वर्ग अर्थात् मोटरसाइकल, स्कुटर, जीप र कारको प्रयोगात्मक परीक्षा सञ्चालन गर्न सुरु गरिएको हो। सो को लागि डडेल्धुरामा रहेको उग्रतारा ड्राईभिङ ट्रेनिंङ सेन्टरको ट्राईल सेन्टर भाडामा लियको छ| सुदूरपश्चिम प्रदेश सरकार भौतिक पूर्वाधार बिकाश मन्त्रालय अन्तर्गतको यातायात व्यबस्था कार्यालय डडेल्धुराले आयोजना गरेको प्रयोगात्मक परीक्षामा शनिबार १० जना परीक्षार्थी प्रयोगात्मक परिक्षामा सहभागी भयकोमा सहभागी सबै उत्रिण भयका थिय |
कार्यक्रम उद्घाटनलाइ सम्बोधन गर्दै मुख्यमन्त्री भट्टले सुदूरपश्चिमका पहाडी जिल्लाबाट लाइसेन्सका लागि तराइका जिल्लाहरु कैलाली कंचनपुर पुग्नुपर्ने र समय तथा धेरै पैसा खर्च गरेर लाइसेन्स निकाल्नुपर्ने झन्जट बाट मुक्त्त दिलाउन प्रदेश सरकारले पहाडी जिल्लाबाटै उक्त्त सुबिधा दिनेगरी अनुमति प्रदान गरियको बताए|
संघियाताको मर्म र भावाना अनुरुप जनताको घर आगनमै सरकार भयको अनुभूति दिलाउन सुबिधा प्रदान गर्न प्रदेश सरकार कटिबद्ध रहेको बताय| उधघाटन कार्यक्रममा जिल्ला समन्वय समिति डडेल्धुराका प्रमुख,प्रमुख जिल्ला अधिकारि,जिल्ला प्रहरी प्रमुख,सुदूरपश्चिम ट्राफिक कार्यालयका प्रमुख मुख्यमन्त्रीका प्रमुख सल्लाहकार शिव सिह ओली लगायत जिल्ला स्थित कार्यालय प्रमुखहरुको उपस्थित रहेको थियो भने भौतिक पूर्वाधार मन्त्रालयका सचिव तुलसी राम भट्टराइले कार्यक्रमको अध्यक्षता गरेका थिय |
सुदूरपश्चिम प्रदेश मन्त्रिपरिषद्को बैठकले ०७८ साल चैत १६ गते यातायात व्यवस्था सेवा कार्यालयको स्तरोन्नति गर्दै यातायात व्यवस्था कार्यालय डडेल्धुरा नामाकरण गरेपछि कार्यालयले लाइसेन्स जारीको अधिकार प्राप्त गरेको हो। त्यसअघि ०७२ साल असार ३ गते सुदूरपश्चिमका पहाडी जिल्लाका सेवाग्राहीका लागि तत्कालिन अञ्चल यातायात व्यवस्था कार्यालय मातहत रहने गरी यातायात सेवा कार्यालय डडेल्धुरा स्थापना भएको थियो। उक्त कार्यालयले रुट दिने गरी पट्के काम गर्दै आएका थिए।
शनिबार नै मुख्यमन्त्री त्रिलोचन भट्टले डोटीको दिपायलमा पनि प्रयोगात्मक परिक्षाको उधघाटन गरेका छन्| यो संगै सुदूरपश्चिमका पहाडी जिल्ला डडेल्धुरा र डोटि दुइ ठाउबाट सवारी साधन लाइसेन्स बितरण गरिने भयको छ|