माटोबाट महलमा बस्ने सपना छैन मेरो’ मेरा प्रिय डडेल्धुरा वासिहरु हामी निर्वाचनको नजिक पुगेका छौं । यसबीचमा म तपाईहरुको घर आगनमा पुगेको छु । तपाईहरुको साथ,समर्थन र हौसला मलाई प्राप्त भएको छ ।
सर्वप्रथम राजनीतिक यात्राका दौरान म बाट कहि कतै अन्जानमा तपाईको मनमा ठेस पुगाउने कुरा भएका भए गल्ती,कमजोरीका लागि तपाई आम मतदाता डडेल्धुरावासीहरुसंग माफि माग्न चाहन्छु । यो समय राजनीतिक पूर्वाग्रही राख्ने बेला होइन । त्यसैले एकपटक मत दिएर ५ वर्ष पछुताउने नियती बदल्न मतदान गर्ने क्रममा सचेत हुन जरुरी छ ।
डडेल्धुरा म जन्मीएको माटो अर्थात मेरो घर हो । डडेल्धुराका जनता मेरो उर्जा,मेरो प्रेरणाका स्रोत हुन् । डडेल्धुराले मलाई कहिल्यै एक्लो महसुस हुन दिएन । अप्ठ्यारोमा सधैं साथ दियो । ०६४ सालदेखि भएका तीनवटा निर्वाचनमा म डडेल्धुराकै माटोमा उभिए । पराजित भए । तर जनताले दिएको अपार मायाप्रति म सधैं कृतज्ञ छु ।
म अभाव,गरिबी र विपन्नताबाटै हुर्कीएको तपाईको आफन्त हुँ । तसर्थ डडेल्धुराका जनताले देख्ने सपना नै मेरो सपना हो । डडेल्धुराको विकास बाहेक मेरो अर्को कुनै सपना छैन् । यहाँको गरिबीको अन्त्य,बेरोजगारीको अन्त्य,किसान,महिला,दलित र सबै जनताको हितसंगै विकसित डडेल्धुरा मेरो एकमात्र लक्ष्य हो । यो लक्ष्य प्राप्तीको अभियानमा सम्माननिय प्रधानमन्त्री शेरबहादुर देउवा ज्यु र हामी संगसंगै छौं । चौथोपटक फेरि वाम लोकतान्त्रिक गठबन्धनको तर्फबाट प्रदेश सभा–१ को उमेद्वारको रुपमा तपाईहरुको बीचमा आएको छु । उहाँ संघ र प्रदेश सभा– १ मा मेरो उमेद्वारी छ ।
प्रदेश सभा–२ मा कांग्रेसकै गोविन्द बोहरा उमेदवार हुनुहुन्छ । मंसिर ४ मा हु्ने आम निर्वाचनमा हामी तपाईको साथ चाहन्छौं । म सपना देख्दैछु मेरो जन्मभूमि डडेल्धुराको । यो सपना पुरा गर्न तपाईको साथ अनिवार्य छ । डडेल्धुराको माटोको सुगन्ध मलाई राम्रोसंग थाहाँ छ । यहाँको अभाव र सम्भावनाबारे पनि म जानकार छु । मेरा जीवनका झण्डै ५ दशक यहि माटोमा बितेका छन् । बाँकी जीवन यही माटोमा बिताउन मन छ । तपाईको मतबाट म निर्वार्चित भएमा तपाईले गर्व गर्नलायक जनप्रतिनिधी बनेर देखाउनेछु । राजनीतिक दलको आखाबाट होइन तपाईको सेवक भएर हरेकसंग मेरो समान व्यावहार हुनेछ । माटोबाट उठेर महलमा बस्ने मेरो सपना छैन् ।
भष्ट्राचार गर्ने छैन्, सहने छैन् । विगतमा झै तपाईका हरेक सुख दुखमा साथ रहनेछु । तपाईले मतमार्फत गरेको विश्वासमा कहिल्यै घात हुने छैन् । यसपटक म प्रदेश सभा सदस्यको उमेद्वार छु । यसर्थ डडेल्धुराको भित्रि मधेस भनेर चिनिने प्रदेश सभा–१ का जनताको मत,माया र आर्शिवाद मलाई आवश्यक छ । तपाईको मत पाएर तपाईकै सेवा गर्ने अवसर प्रदान गर्नुहुनेछ भन्ने विश्वास मैले लिएको छु । मंसिर ४ मा हुने निर्वाचनमा तपाईले मलाई गोलाकार भित्रको हसिया हतौडामा, सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवा ज्युलाई प्रतिनिधी सभा तर्फ र प्रदेश सभा–२ मा गोविन्द बोहरालाई रुख चिन्हमा अत्याधिक मतदान गरि विजय गराइदिन हुन अनुरोध गर्दछु । खगराज भट्ट उमेद्वार,प्रदेश सभा–१ डडेल्धुरा