डडेल्धुराका प्रमुख जिल्ला अधिकारी विश्वराज न्यौपानेले आफ्नो पहिलो प्राथमिकता सेवा प्रवाहलाई चुस्त दुरुस्त बनाउनमा केन्द्रित हुने बताएका छन् । केही दिन अगाडि सरुवा भएर मंगलबार जिल्लामा उपस्थित भएका प्रमुख जिल्ला अधिकारी न्यौपानेले यस्तो बताएका हुन् ।
शासन र शान्ति सुरक्षा पहिलो प्राथमिकतामा’ राखिने प्रमुख जिल्ला अधिकारी बिश्वराज न्यौपानेले बताएका छन । न्यौपानेले बुधवार सञ्चारकर्मीसंगको समन्वयात्मक बैठकमा जिल्लाको शान्ति सुरक्षा अमनचयन आफ्नो पहिलो प्राथमिकता भएको बताएका हुन ।
उनले आफू जिल्लामा रहदासम्म यहाँको शान्ती, सुरक्षा तथा अमनचयन कायम राख्न खेल्नु पर्ने भूमिकामा कुनै कसर बाँकी नराख्ने जानकारी दिए । कार्यालयबाट सेवाग्राहिलाई सहज सेवा, जिल्लामा हुने बिकास निर्माणका कामलाई सहजीकरण र समयमै काम सम्पन्न गर्न सम्वन्धित निकायलाई झकझक्याउने समेत बताए ।
भ्रष्ट्राचार तथा अनियमीतताका कुरालाई निरुत्साहित गर्ने र जिल्लालाई अब्बल बनाउन सहि ढंगले अघि बढ्ने उनले जानकारी दिए । हरेक कार्यमा सञ्चारकर्मीहरुको साथ र सहयोग आवश्यक पर्ने भन्दै प्रमुख जिल्ला अधिकारी न्यौपानेले सञ्चारकर्मीलाई सहि सूचना प्रशारणमा ध्यान दिन आग्रह गरे ।
उनले जिल्लामा सञ्चालित विकास निर्माणका काममा सहजीकरण गर्ने र समयमै गुणस्तरीय काम सम्पन्न गर्नका लागि पहल गर्ने पनि बताए । अन्य जिल्लाको तुलनामा यहाँ अपराध घटेको सुचक देखिन्छ,´ उनले भने, `आत्महत्याका घटना अलि बढी छन् । न्यूनीकरणका लागि हामी लाग्छौ ।´
बैठकमा उपस्थित सञ्चारकर्मीहरुले पनि सूचना आदानप्रदानका लागि प्रहरी प्रशासन चनाखो बन्न र समयमै सूचना दिन आग्रह गरेका छन । सात पहाडि जिल्लाको मुख्य केन्द्र बिन्दुमा रहेको डडेल्धुरा जिल्ला लागु औषधको ट्रान्जिट पोईन्ट बनेको भन्दै लागु औषध सेवन गर्नेलाई मात्र नभई त्यसको मुख्य जड पत्ता लगाउन प्रहरीले महत्वपूर्ण भूमिका निर्वाह गर्नु पर्नेमा जोड दिए ।