शिव शिखर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड डडेल्धुरा शाखाले आफनो संस्था माथि झुटो प्रचार गरि संस्था र संस्थामा आबद्द ग्राहक तथा बचतकर्ता हरुकै गरिमा माथि आँच आउने गरि बजारमा अनर्गल हल्ला चलाइएको बताएको छ ।
बिहिबार जिल्लाको सदरमुकाममा पत्रकार सम्मेलनको आयोजना गरि डडेल्धुरा शाखाका शाखा प्रमुख डम्बर राज पनेरुले बजार तथा विभिन्न सामाजिक सन्जालहरूमा शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थालाइ जोडेर गरिएका बिभिन्न अनर्गल प्रचारको पछी नलाग्न आफना ग्राहक तथा बचतकर्ताहरुमा अनुरोध समेत गरेको छ ।
शिवशिखर बहुद्देश्यीय सहकारी संस्था डडेल्धुराका शाखा प्रमुख डम्वरराज पनेरुका अनुसार बजारमा अनर्गल हल्ला चलेपछी ‘ग्राहकहरुले रकम एकैपटक माग्न थालेको बताए।
केहिदिन अगाडी शिवशिखर सहकारीको रुपन्देहीको बुटवल शाखामा एकजना बचतकर्ताले आफ्नो लगानी फिर्ता माग्दाको सामान्य प्राविधिक विषयलाइ बिषयान्तर गराई डडेल्धुरा सहित अधिकांस शाखाहरुमा रकम जम्मा गर्दै आएका ग्राहकले एकै पटक रकम फिर्ता माग्न थालेका बताए|
समाजिक संजालमा लगायत विभिन्न माध्यमबाट हल्ला आएजस्तो ग्राहकको लगानी डुब्ने कुनै खतरा नरहेको बताउँदै ढुक्क भएर बचत गर्न र दैनिक कारोबार गर्न आग्रह पनि गरे । ‘डडेल्धुरा जिल्लामा मात्रै होइन नेपालभर सहकारीले उठाएको पुँजी तथा लगानी सुरक्षित रहेको वताए साथै भौतिक सम्पत्ति पनि सस्थाकैनाममा रहेको उनले बताए।
डडेल्धुराको भवन संस्थाकै नाममा रहेको र जिल्लामा ३९ करोड ८ लाख निक्षेप रहेको, सेयर पुँजी रकम १ करोड ७४ लाख, २ करोड ४ लाख ऋण लगानी गरेको उनले बताए|
साथै सहकारीले झण्डै ५ करोडको लागतमा गार्डेन मार्ट पनि सञ्चालन गरिरहेको छ भने ५ करोड बराबरकै सहकारीको भवनको लागत लागेको उनले बताए ।
शिवशिखर बहुद्देश्यीय सहकारी संस्थाको केन्द्रीय कार्यालयले पनि विज्ञप्ती जारी गर्दै सम्पूर्ण बचतकर्ताको रकम सुरक्षित रहेको र ढुक्क हुन आग्रह गरेको छ ।