डडेल्धुराको आलिताल गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड’ प्रतियोगिता संचालन भैरहेको छ। शुक्रबार आलिताल गाउँपालिका अन्तरगत दुर्गा माध्यामिक विद्यालय आलितालको प्रांगणमा सुरु भएको प्रतियोगिताको एक भव्य समाहरोह विच उद्घाटन भएको हो। आलिताल गाउँपालिकाको आयोजना ताथा दुर्गा मा वि को व्यवस्थापनमा सुरु भएको कार्यक्रम को उधघाटन गाउँपालिका अध्यक्ष एवं सो उदघाटन कार्यक्रमका प्रमुख अथिति शेर सिंह पार्कीले गरेका हुन ।
कार्यक्रमको उदघाटन सत्रलाई सम्बोधन गर्दै अध्यक्ष पार्कीले कुनैपनि खेलको महत्व खेलाडीको अनुशासन र लगनशिलातामा भारपर्ने भएकाले खेलाडीहरुलाई अनुशासित र लगनशील भएर खेल्न आग्रह गरे ।खेलकुदमा अनुशासन अपरिहार्य हुन्छ र यसले मानिसलाई अनुशासित जीवन बिताउन मदत गर्छ। यसबाट मानिसले समुहमा मिलेर काम गर्ने बानि सिक्छ।खेलबाट शारीरिक ब्यायाम हुने भएकाले शरीरमा जागर पलाउनु का साथै खाएको कुरा पनि सजिलै पच्छ। व्यक्तिका शरीरको, मनको, बुद्धिको विकासमा खेलकुदले निकै सुघाउ पुर्याउछ। खेलले खेल खेल्ने ब्यक्ति, समाज र रास्ट्रको गौरब बन्ने बताए । उनले उत्कृस्ट खेल खेल्ने कुनैपनि खेलाडी आर्थिक अभावका कारणले खेलाडी खेल खेल्नबाट बन्चित हुन नदिने र तेस्ता उत्कृस्ट खेल प्रदर्शन गर्ने खेलाडीलाई पालिकाले आवश्यक सहयोग र सपोट गर्ने बताए | उनले कुनैपानी खेलको प्रारम्भ विद्यालय स्तरबात नै हुने भएकाले राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा सहभागी हुने खेलाडीको उत्पादन गर्न सकिने यस्ता प्रतियोगिता हरु महत्वपूर्ण हुने बताए।
कार्यक्रममा आलिताल गाउपालिकाकी उपाध्यक्ष मैना रावल,वडाका अध्यक्ष तथा जनप्रतिनिधिहरु विद्यालयका शिक्षकहरु, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष,राजनीतिक दलका नेताहरुको उपस्थिति रहेको थियो । उक्त प्रतियोगितामा गाउँपालिका अन्तर्गतका ९ वटा विद्यालयको सहभागिता रहेको छ भने ५०० खेलाडीहरुको सहभागीता रहेको आयोजकले बताएको छ । भलिबल कराते, तेक्वान्दो, कबड्डी, एथलेटिक्स र उसु लगाएतका विधाहरुमा खेलहरुको आयोजना गरिएको छ ।
माघ २२ गतेसम्म संचालन हुने उक्त प्रतियोगितामा उत्कृष्ट खेलाडीले जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्डमा सहभागिता जनाउन पाउने छन् ।. प्रत्येक पालिका स्तरमा खेलाईने राष्ट्रपति रनिङ शिल्ड’ अन्य पालिकाहरुले पनि तयारि गरिरहेको जिल्ला खेलकुद विकास समिति अध्यक्ष डम्बर थापाले बताए ।