डडेल्धुरामा सुदूरपश्चिम स्तरीय कृषि,पर्यटन,कला सँस्कृति,खेलकुद तथा औद्योगिक व्यापार मेला २०७९ सुरु भएको छ। उद्योग बाणिज्य संघ डडेल्धुराको आयोजनामा सञ्चालित पाँचौ डडेल्धुरा महोत्सवलाइ बिहिवार प्रतिनिधि सभा सदस्य एवं नेपाली कांग्रेस कि केन्द्रिय सदस्य डा.आरजु राणा देउवाले उदघाटन गरेकी हुन।उदघाटन कार्यक्रमलाइ सम्बोधन गर्दै नेत्री राणाले डडेल्धुराको समग्र विकाशमा आफू लागिपर्ने बताइन। मेडिकल कलेज स्थापना देखि बागबजार सडक फराकिलो पार्ने सहितका कामहरू अगाडी बढेको र छिट्टै सम्पन्न गरिने बाताइन।
उदघाटन समारोहमा विशिष्ट अतिथि सुदूरपश्चिम प्रदेश सरकारका भौतिक मन्त्री प्रकाश बहादुर रावल, प्रदेस सभा सदस्य डा.तारा जोशी,सरस्वती खड्का रहेका थिए। अपराह्नन डडेल्धुराको बसपार्क बाट गाजाबाजा झाँकी र्याली सहित बागबजार,तुफानडाँडा खलंगा हुँदै कार्यक्रम स्थल टुँडिखेलमा औपचारिक कार्यक्रममा परिणत भएको हो | महोत्सव फागुन ४ गते देखि फागुन १४ गतेसम्म सञ्चालन हुने छ |
स्थानीय कला, संस्कृति संगै,कृषी,ब्यापार उद्योग,धार्मिक,पुरातात्विक र ऐतिहासिक क्षेत्रको प्रचारप्रसारका साथै स्थानीय,राष्ट्रिय कलाकारको प्रस्तुती सहित अन्य सांस्कृतिक कार्यक्रम पनि सञ्चालन हुनेछन् । स्थानीय उत्पादनसंगै कृषि उपजको प्रदर्शनी, रमाइलो मेला पनि महोत्सवमा आयोजना हुने आयोजकले बताएको छ|
कृषि, पर्यटन, उद्योग र व्यापार : समृद्ध डडेल्धुराको आधार” भन्ने मूल नाराका साथ सञ्चालन भैरहेको महोत्सव कला, संस्कृतिको संरक्षण, स्थानीय उत्पादनको बजारीकरण संगै पर्यटन प्रवद्धन र डडेल्धुराको समग्र विकासको आधार खडा गर्ने उद्येश्य राखिएको आयोजकले जनाएको छ । महोत्सव आयोजना गर्दा झण्डै ७२ लाख खर्च हुने अनुमान गरिएको छ भने डेढ लाख दर्शकले अवलोकन गर्ने अनुमान गरिएको छ ।
आयोजका अनुसार महोत्सवमा हुने सांस्कृतिक कार्यक्रमका लागि अतिथी कलाकारहरु गायीका पूर्णकला बिसी, रचना रिमाल, ज्योती मगर, गौरी भट्ट, गायक टंक तिमिल्सिना, पुष्कल शर्मा, अर्जुन कौसल, रामजी खाण, खुमन अधिकारी, रमेशराज भट्टराई, सुधिर जैरु, भोजराज भट्ट, रमेश मल्ल र सुप्रिम मल्ल लगाएतका कलाकार हरु आउने तय भएको छ । यस्तै कलाकार राजा राजेन्द्र पोखरेल, रुविना अधिकारी, खन्टे खलास, भीम बिष्ट (अछामी रेखा)को पनि महोत्सवमा प्रस्तुती रहने आयोजकले जनाएको छ |