सृजना खड्का / डुम्रेल
नारी दिवस महिला जागरूकता सम्बन्धी दिवस हो । यो ८ मार्चमा विश्वभर मनाइन्छ । राजनितिक तवरबाट शुरु भएको भएता पनि हाल महिला अधिकार, महिला सशक्तिकरण र समानता आदि सवालहरू अन्तराष्ट्रिय महिला दिवसका बिषयहरू हुने गरेका छन् । यो सर्वप्रथम् १९०९ फेब्रुअरी २८ मा मनाइएको थियो । १९१० मा महिलाहरूलाई मत हाल्ने अधिकार सुनिस्चित गर्ने उद्देश्यको साथ यसलाई अन्तराष्ट्रिय दर्जा प्रदान गरिएको थियो ।
नारी दिवस मनाउनुको औचित्य महिलाहरूको हक, अधिकार र सम्मानको मात्र कुरा होइन । एउटा घरमा, एउटा समाजमा वा एउटा राष्ट्रमा मात्र नभएर पूरा विश्वलाई नै तुलना गरौं त महिला बिनाको संसार अधुरो छ, यो सृष्टि सम्भव नै छैन नारी बिना... त्यसैले एउटा महिला को प्रगती भनेको घर को, समाज को, देश को मात्र न भएर सम्पुर्ण विश्व कै प्रगती हो...एउटा सफल श्रीमान को पछाडि सदैव महिला कै हात हुने गर्छ, महिला कै साथ बिना एक पुरुष कहिलै जीवन मा प्रगती गर्न सक्दैन! नारी लाई हामी पुज्छौ हाम्रो धर्म मै नारि प्रती सम्मान जनक शब्द ले परिभाषित गरेको छ नारी लाई...देबि, दुर्गा माता, अर्धाङ्गिनी, अर्धनारिश्वर आदि इत्यादी शब्द हरु आफैमा सम्मान जनक उपनाम हरु हुन नारी को...एउटा घर सम्हाल्ने देखि बशज बिकाश सम्म नारि कै हात हुने गर्छ, एक पुरुष को आयु पनि यिनै नारी कै निधार मा लगाइने सिन्दुर ले निर्धारण गर्दछ हाम्रो धर्म र सस्कृती ले यहि भनेको छ! त्यसैले नारि दिवस तथा यो उत्सब कुनै नारि बर्ग प्रती मात्र लक्षित नभएर लैङ्गिकता का आधार मा भेदभाव न गरियोस भन्ने चेतना जागृत गराउन का निम्ति हरेक बर्ष नारी दिवस लाई एक उत्सब का रुप मा नेपाल मात्र न भइ बिश्वकै महिला हरु ले आज को दिन लाई मनाउने गर्दछ्न! प्रकृती ले नै नारी को सृजना मा करुणा, प्रेम, ध्यान हेरचाह, परोपकार तथा दया स्वभाव मै दिएको छ, यी गुण हरु नारी जाति को सृजनाकाल देखि नै उनमा देखिन्छ! नारि दिवस भेदभाव खडा गर्ने भन्दा पनि सम्मान सहित को समान हक जस्तै- सम्पत्ति मा हक, राजनिती मा हक, शिक्षामा हक तथा स्वतन्त्रता को हक आदि जस्ता पुरुष सरह बराबर अधिकार का निम्ति नारी दिवस मनाउने गरिन्छ! पृतिसत्तात्मक सोच का कारण रुढीबादी परम्परालाई अंगालेर यी सब कुरा हरु मा महिला लाई पछाडी पारिएको हो, केही हद सम्म परिवर्तन न आएको पनि हैन बिगत का आन्दोलन हरु ले केही सकारात्मक परिवर्तन तथा नारि अधिकार का मुद्दामा प्रगती भएको पनि छ, यो सत्य लाई हामिले स्विकार्नु पनि पर्दछ! नेपालको संविधानमै महिला हक अधिकारका सम्बन्धमा थुप्रै व्यवस्था छन् ।
नीति निर्माणदेखि राजनीतिक सहभागिता अनि अरु धेरै पक्षबाट महिला सहभागितालाई प्राथमिकतामा राखिएको छ । कुनै पनि क्षेत्रमा महिलाले आफ्नो सक्षमता प्रस्तुत गर्न सक्ने हो भने ढोका खुल्ला छ र अवसर पनि उत्तिकै दिइएको छ । अब महिलाले आरक्षणमा मात्र सीमित नभएर प्रत्यक्ष सहभागिता जनाउँदै आफ्नो क्षमता प्रस्तुत गर्न सक्नुपर्छ ।समान हकका लागि आफैंले गरेर देखाउने बेला आएको छ ताकि महिला भएकै कारणले कसैले हेप्न नसकून् र हक अधिकार का लागि झन्डा बोकेर सडकमा उत्रनु नपरोस। उसो त जति नै कानुन बने पनी, संविधानमा अंकित भए पनि रुढिवादी परम्परा र सोच समाप्त नहुँदासम्म नारीका रूपमा गरिने विभेदको अन्त्य हुँदैन । तर स्वभाव र परम्परा चुट्की मै तुरुन्तै परिवर्तन हुँदैनन। परम्परा एक पल मै मेटाउन सकिँदैन तर पतिवर्तन जरुर आउँछ एक दिन...हुन त नारी दिवस मनाउँदैमा वा विभिन्न प्रतिबद्धता जनाउँदैमा मानिसको सोचमा परिवर्तन आउँदैन, त्यसको लागि प्रेम र सद्भाव नै औसधि हो यो विभेद अन्त्य को...किनकी प्रेम मा भेदभाव हुदैन! एउटा प्रेम पुर्ण घर, समाज र देश निर्माण गर्न सकिए भेदभाव आफै हटेर जानेछ, र प्रेम गर्न हामी नारी लाई सिकाउनु पर्दैन पक्कै पनि...हामी बिभेदित छौ भनेर रिस राग राख्ना ले सकारात्मक परिवर्तन आउदैन...जागरूकता सबैभन्दा महत्वपूर्ण कुरा हो, पहिला हामी जगरुक रहौ अनि परिवार, समाज मा जागरुकता फैलाउन सकिन्छ! सशक्त नभैकन कुनै पनि कुरामा प्रगति हासिल गर्न सकिँदैन, हो त्यसैले हामी स्वयम् सर्वप्रथम ब्यक्तिगत रुपमा, मानशिक रुपमा, बौद्धिक रुपमा तथा सामाजिक रुपमा शसक्त बन्नु जरुरी छ!
राष्ट्रपति महिला विधा देवी भण्डारी सभामुख ओनसरि घर्तीमगर भएको देशमा छाै हामीप्रधान न्यायाधीश सुशीला कार्की भएको देशमा छाै प्रधान मन्त्री बाहेक लगभग राज्यका महत्त्वपूर्ण ओहदामा पुगेर पनि महिलाहरुका साझा सवाल बुलन्द हुन सकेनन् सुदुर पश्चिम प्रदेशको सन्दर्भमा झन् कुरै नगराै भनेपनि मन मान्दैन यहाँ हरेक क्षेत्रमा महिला पिछडिएका देखिन्छन् छाेरिलाई स्कुल पढाउन विभेद गरिन्छ जस्तै छाेरिलाई सरकारि स्कुलमा छाेरालाई बाेर्डिङ स्कुलमा पढाउने गर्छन् अहिलेका छाेरिहरु भाेलिका नारि हुन त्यसकारण छाेरिलाई बाल्यकाल देखि विभेद गरेनौं भने नारि दिवस मनाउनुकाे वास्तविक अर्थ रहन्छ, जब घर देखि छाेरा छाेरि विभेद भई रहन्छ नि तब पुरुष महिला विभेद रहि रहन्छ, जहा महिला पुरुष बिच विभेद हुन्छ त्यो समाज कहिल्यै परिवर्तन चाहदैन, अहिले पनि महिला पुरुष ज्यालामा विभेद छ, सामाजिक काममा विभेद छ, एकल महिलालाई हेर्ने दृष्टिकोणमा विभेद छ,
महिलाले सधैं आफू अपहेलित भएको, पछाडि पारिएको, अवसर नदिइएको जस्ता नकारात्मक कुराको रट लगाइरहनु भन्दा हिजोको अवस्थाबाट आजको अवस्थासम्म आइपुग्दा भएका सकारात्मक परिवर्तनहरू लाई हेर्नुपर्छ, परिवर्तन न आएको हैन तर जुन गति ले आउनु पर्ने त्यो गतिशीलता मा ह्रास आएको चै पक्कै हो...अहिले हाम्रो समाज मा छोरा छोरी मा गरिने भेदभाव हटेर गएको छ, कहि कतै एक आध घटना बाहेक लगभग विभेद को अन्त्य भैसकेको अवस्था छ! सबैलाई शिक्षा भन्ने नारा अन्तर्गत छोरी हरु शिक्षित हुँदै जाने परम्परा को बिकास भएको छ, आज शिक्षा, स्वास्थ्य, राजनीति तथा नोकरि का थुप्रै अवसरहरु आफ्नो सक्षमता प्रस्तुत गरेर हासिल गरेको उदाहरण हरु बड्दै गएको छ! हामी पुरुष जस्तो बन्न खोज्ने हैन, हामी पुरुष सरह किन अधिकार खोज्ने? हाम्रो आफ्नै अस्तित्व छ, आफ्नै महिमा लाई जोगाएर नारी शक्ति लाई उजागर गर्न सके मात्र महिला सशक्तीकरण मा अमिट छाप छोड्न सकिन्छ, अनि बिभेद रहित समाजको निर्माण सम्भव छ! यसरी विश्वव्यापीरूपमा अन्तर्राष्ट्रिय नारी दिवस मनाउन थालेपछि विभिन्न क्षेत्रमा नारीको सहभागिता बढ्न थालेको उदाहरण पनि छन, श्रीलङ्कामा श्रीमती सिरिमाओ बन्दरानाइके, भारतमा श्रीमती इन्दिरा गान्धी, बेलायतमा श्रीमती मार्गरेट थ्याचर, पाकिस्तानमा श्रीमती बेनजिर भुट्टो, बंगलादेशमा जियाउर रहमानकी छोरी समेत उक्त देशका प्रधानमन्त्री बनेर देशको बागडोर सम्हालिसकेका छ्न, नेपालमा पनि पहिलो महिला मन्त्री को रुप मा द्वारिकादेवी ठकुरानी पनि मन्त्रिमण्डलमा समावेश भएर महिलाको सहभागिता जनाइसकेको उदाहरण हाम्रै नेपालको इतिहासमा छ|
"लैङ्गिक समानताको बलियो आधार : सिर्जनात्मक प्राविधि महिला पहुँचको बिस्तार " ११३औं अन्तर्राष्ट्रिय नारी दिवसको शुभकामना व्यक्त गर्दछु,
लेखक : लगनशील महिला तथा कृषि सहकारी लिमिटेड सायलकि अध्यक्ष हुनु हुन्छ ।