डडेल्धुरामा लागुऔषध चरेस सहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको अमरगढी नगरपालिका –८ खनमडाका ६० वर्षीय करन राज पाण्डेय रहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।
आफ्नो खुद्रा लागुऔषध चरेसको कारोेबार गर्ने गरेको छ भन्ने गोप्य सूचनाका अनुसार जिल्ला प्रहरी कार्यालयको प्रहरी टोलीले पाण्डेयलाई शनिबार बेलुकी पक्राउ गरेको प्रहरी नायब उपरीक्षक मनोहरप्रसाद भट्टले जानकारी दिए।
पक्राउ परेका पाण्डेयलाई जिल्ला प्रहरी कार्यालयले आइतबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ।
शनिबार बेलुकी जिल्लाको अमरगढी नगरपालिका –८ खनमडामा रहेको आफ्नो किराना पसलबाट लागु औषध (चरेश) को कारोवार भइरहको भन्ने गोप्य सुचनाको आधारमा प्रहरीले उनको पसलमा खानतलासी गर्दा लुकाई छिपाई राखेको उक्त पदार्थ फेला पारेको डडेल्धुराका (डीएसपी) मनोहर प्रसाद भट्टले बताए ।
डीएसपी भट्टका अनुसार पक्राउ परेका पाण्डेयलाई हिरासतमा राखिएको छ भने आइतबार जिल्ला अदालत डडेल्धुरामा पेश गरिने छ । उनको साथबाट लागु औषध (चरेश जस्तो देखिने कालो पदार्थ) सात सय ग्राम बरामद गरिएको छ ।
लागु औषध (नियन्त्रण) ऐन, २०३३ बमोजिम पाँच सय ग्राम देखी दुई किलोग्राम सम्म भएमा छ महिना देखी दुई बर्ष सम्म कैद र दुई हजार देखी दश हजार रुपैयासम्म जरिवाना हुने व्यवस्था छ ।
लागु औषध दुव्र्यसन रोकथाम, नियन्त्रण तथा न्यूनिकरणका लागि जिल्ला प्रहरी कार्यालय डडेल्धुराले पालिका स्तरिय सरोकारवाला निकायहरु संग १४ पटक जनचेतनामुलक कार्यक्रम सञ्चालन गरिएको, वडा स्तरिय सरोकारवाला निकायहरु संग जिल्ला भरिमा ५५ पटक जनचेतनामुलक कार्यक्रम गरिएको, विद्यालय स्तरमा जिल्लाभरिमा ११० पटक गरी ५ हजार ५०० विद्यार्थीहरु लाई सहभागि गरिएको छ डिएसपी भट्टले बताए |