डडेल्धुरा जिल्लाको आलिताल गाउँपालिका वार्ड नम्बर १ मा अवस्थित आलिताल जोशिना छहरा झरना एक सुन्दर प्राकृतिक रमणीय पर्यटकीय स्थलको रुपमा परिचित छ | डडेल्धुरा जिल्ला सदरमुकाम बाट करिब ४० किलोमिटर टाढा भीमदत्त राजमार्ग अन्तरगत गोगनपानी बजारबाट करिब १० किलोमिटरको कच्ची सडक हुँदै यस स्थलसम्म पुगिन्छ |
झरना टाढैबाट देखिने मनमोहक,रमणीय अनि मनोरम दृष्यले जो कसैको मन प्रफुल्लित बनाउँदछ | यो झरना बास्तवमै सुन्दर रमणिय र आकार्षक पनि छ | बाह्रै महिना कलकल बग्ने पानि,वरिपरी हरियाली वनजंगलले ढपक्क,ढाकेको हराभरा वनजंगलको बिचमा रहेको यस झरना पछिल्लो चरणमा आन्तरिक पर्यटकहरुको रोजाई बन्दै गैरहेको छ|
यस झरनामा दुइवटा स्टेपहरु रहेका छन पहिलो स्टेपको लम्बाई करिब २०० मिटर लामो र दोश्रो स्टेप करिब ७५ मिटर लामो रहेको छ| यो झरना संभावित पर्यटकीय गन्तव्यको रुपमा रहेकोले झरनासम्म पुग्ने सडक तथा पैदलमार्ग निर्माण कार्य भैरहेको छ र अहिले झरना आन्तरिक पर्यटकहरुको रोजाईमा पर्ने गरेको छ |
२०७४ सालमा स्थानीय तहहरुको गठन भएसंगै आलिताल गाउपलीकाले यस क्षेत्रलाइ पर्यटन पर्बर्धनका लागि झरनासम्म सडक बाटो पुर्याउने लक्ष्यअनुरुप प्रत्येक बर्ष केहि मात्रामा बजेट बिजियोजन गर्दै आइरहेको र बिगत दुइ आर्थिक बर्षमा सुदूरपश्चिम प्रदेश सरकारले पनि त्यस स्थानसम्म पुग्न बजेट बिजियोजन गर्दै आइरहेको छ,यद्दपी अहिलेको आवतजावत गर्ने बाटोघाटो पर्याप्त नभएको स्थानीयहरु बताउछन|
भौगोलिक बनावटिय हिसाबले एकदमै जटिल,कठिन र दुर्गम भूगोल भएकाले पर्यटन पर्वर्धनका लागी आवश्यक पूर्वाधारहरु,सडक,बाटो लगायत अन्य भौतिक संरचना निर्माण गर्न कठिन र आर्थिक रुपमा खर्चिलो रहेको सरोकारवाला हरु बताउँछन |
यहाँका स्थानियहरुले तिनै तहका सरकारले आवश्यक प्रचारप्रसार,भौतिक संरचनाहरुको निर्माण देखि आवश्यक योजना र पर्याप्त बजेट बिनियोजन गरि यस स्थानसम्म सहज आवतजावत र अन्य आवश्यक विकाशका पुर्बाधार निर्माण गरी आन्तरिक तथा वाह्य पर्यटकहरुको गन्तब्य स्थल बनाइ यस क्षेत्रलाइ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा परिचित गराउन सम्बन्धित निकाय र सरोकारवाला लाई अनुरोध तथा माग समेत गरेका छन|