डडेल्धुरा जिल्लाको अजयमेरु गाउँपालिका वडा नम्बर १ को पुइलेक मा रहेको श्री बालकल्याण माध्यामिक विद्यालयको शैक्षिक सत्र २०७९ को सार्बजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । विद्यालयले शुक्रबार एक औपचारिक कार्यक्रमको आयोजना गरि सो कार्यक्रम सम्पन्न गरेको हो । विद्यालयले शैक्षिक सत्र २०७९ मा गरेका भौतिक, शैक्षिक, र व्यवस्थापकीय पक्षका कार्यहरु एवं सेवा प्रवाहका सम्बन्धमा उक्त कार्यक्रमको आयोजना गरेको विद्यालयका प्रधानाध्यापक धन बहादुर पार्कीले बताउनुभयो ।
कार्यक्रमको संचालन सोहि विद्यालयका प्रधानाध्यापक धन बहादुर पार्कीले गर्नुभएको थियो भने कार्यक्रमको अध्यक्षता विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धन बहादुर साउदले गर्नुभएको थियो । प्रमुख अतिथी जिल्ला समन्वय समितिकी सदस्य सुनिता बि.क रहनुभएको थियो तथा अथितिहरु अजयमेरु गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष दत्ति सिंह भण्डारी, वडा सदस्यहरु वडा सचिव, समाजसेवी, बुद्दिजीवी,शिक्षक,विद्यार्थी संचारकर्मी लगायतको उपस्थितिमा सम्पन्न भएको थियो ।
सार्बजनिक सुनुवाई कार्यक्रममा विद्यालयका प्रधानाध्यापक धन बहादुर पार्कीले विद्यालयको बृहत शैक्षिक योजना,भौतिक,व्यवस्थापकिय पक्ष,शिक्षक अभिभावक बिचको सम्बन्ध, विद्यालयको आर्थिक,प्रशासनिक अवस्था लगायत भावी योजना समेत समेटिएको बिस्तृत शैक्षिक कार्योजना प्रस्तुत गर्नुभएको थियो भने विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष धन बहादुर साउदले विद्यालयको समग्र बिकासको योजना,विद्यालयको शैक्षिक स्तरोन्नति,लगायत समग्र योजनाको र अवस्थाको बारेमा आफनो योजना प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा सहभागीहरुले विद्यालयको शैक्षिक, भौतिक, ब्यबस्थापकीय पक्षलाइ प्रभाकारी,दिगो बनाउन आ-आफना भनाइहरु राखेका थिए ।
बालकल्याण माध्यामिक बिद्यालय डडेल्धुरा जिल्लाकै उत्कृस्ट र नमुना विद्यालयको रुपमा रहेको छ । शिक्षक दरबन्दी,विद्यार्थी संख्या,विद्यालयको शैक्षिक गुणस्तर,भौतिक संरचना,प्रविधियूक्त्त सिकाइ,शिक्षण सामग्री, विद्यालयको चल-अचल सम्पत्ति लगायत व्यवस्थापकिय पक्ष राम्रो रहेकोले सो विद्यालयलाइ नेपाल सरकारले जिल्लाकै नमुना विद्यालय समेत घोषणा गरेको छ ।