डडेल्धुरा जिल्लाको भित्रि मधेशमा पर्ने परशुरामको शिर्षमा पक्कि पुल बन्ने भएको छ |
भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटवार्तापछि बिहीबार दिउँसो हैदरवाद हाउसमा आयोजित संयुक्त पत्रकार सम्मेलनमा भारतीय प्रधानमन्त्री मोदीले पुल निर्माणका लागि नेपाल-भारत प्रधानमन्त्री स्तरबाटै सम्झौता भएको बताए ।
डडेल्धुरावासी तथा डडेल्धुराका भित्रीमधेशबासी हरुले लामो समयदेखि उठाउँदै आएको माग यसपटकको प्रधानमन्त्रीको भारत भ्रमणको सिलसिलामा दुइ पक्षीय सम्झौता सहित सम्बोधन भएपछी जिल्लाबासी हर्षित भएका छन् | यसैगरी यो सँगै
नेपाल–भारत सम्बन्धलाई हिमालको जस्तै उचाई दिने काम भइरहेको र यही भावनाका साथ सीमा विवाद पनि समाधान गर्ने प्रधानमन्त्री मोदीको भनाइ छ ।
‘हाम्रो सम्बन्धलाई हिमालय जस्तै उचाई दिने काम गर्नेछौँ । यही भावनाका साथ सीमाको विषयमा होस् वा अरु केही सबै समाधान हुनेछ,’ मोदीले संयुक्त पत्रकार सम्मेलनमा भने ।