डडेल्धुरा जिल्लामा रहेका सात स्थानीय तह मध्ये ६ स्थानीय तहले आगामी आर्थिक वर्षका २०८०/८१ का लागि बजेट ल्याएका छन् । जिल्लाको परशुराम नगरपालिकाबाहेक अन्य ६ पालिकाले गाउँ र नगरसभामा बजेट पेश गर्दै पारित गरेका हुन् ।
५ गाउँ पालिकाले असार १० मा गाउँसभामा बजेट प्रस्तुत गरेका हुन् भने अमरगढी नगरपालिकाले ७ असारमा बजेट ल्याएको थियो | परशुराम नगरपालिकाले भने कार्यपालिका मै आपसी विवाद भएपछी बजेट ल्याउन सकेको छैन|
अमरगढीको बजेट सवा ४९ करोड
अमरगढी नगरपालिकाले यस आर्थिक बर्षको लागि ४९ करोड २३ लाख २३ हजारको बजेट ल्याएको छ । अमरगढी नगरपालिकाले कूल बजेटमध्ये चालूतर्फ ३४ करोड ३५ लाख १० हजार र पूँजीगततर्फ १४ करोड ८८ लाख १३ हजार विनियोजन गरेको छ ।
अजयमेरुले ४५ करोड ३९ लाख
जिल्लाको अजयमेरु गाउँपालिकाकाले आगामी आर्थिक वर्षका २०८०/८१ का लागि ४५ करोड ३९ लाख ६ हजारको बजेट ल्याएको छ। गाउँसभाको १३औँ अधिवेशमा उपाध्यक्ष बसन्ती पालले उक्त बजेट प्रस्तुत गरेकी हुन् ।
अजयामेरुले चालूतर्फ ९ करोड ५७ लाख ६० हजार, पूँजीगततर्फ १४ करोड १४ लाख ५३ हजार र शसर्ततर्फ २३ करोड ८६ लाख बजेट विनियोजन गरिएको छ । पालिकाले पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य र कृषिलाई प्राथमिकता दिँदै बजेट ल्याएको छ ।
आलितालको ४३ करोड ३ लाख
आलिताल गाउँपालिकाले ४३ करोड ३ लाख बराबरको बजेट ल्याएको छ । आइतबार गाउँसभाको १५औँ अधिवेशमा पालिका उपाध्यक्ष मैनाकुमारी रावलले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि उक्त बजेट प्रस्तुत गरेकी हुन् ।
जसमध्ये चालूतर्फ ३१ करोड १३ लाख ६२ हजार र पूँजीगततर्फ ११ करोड ९० लाख २० हजार रुपैयाँ विनियोजन गरिएको छ । गाउँपालिकाले पूर्वाधार, शिक्षा, स्वास्थ्य, कृषिलगायतका क्षेत्रलाई प्राथमिकता दिँदै बजेट ल्याएको गाउँपालिका अध्यक्ष शेरसिंह पार्कीले जानकारी दिए ।
नवदुर्गा गाउँपालिकाको साढे ४१ करोड
नवदुर्गा गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि ४१ करोड ४६ लाख ७७ हजारको बजेट ल्याएको छ । गाउँपालिकाका उपाध्यक्ष निर्मला बोगटीले बजेट प्रस्तुत गरेकी हुन् । कुल बजेटमध्ये पूँजीगततर्फ ११ करोड ४७ लाख र चालूतर्फ ७ करोड ४० लाख, शसततर्फ १७ करो २४ लाख, विशेष अनुदानतर्फ २ करोड ६० लाख र समपुरकतर्फ २ करोड ७५ लाख रहेको छ। पूर्वाधार विकाससंगै शिक्षा, स्वास्थ्य र कृषिलाई प्राथमिकतामा राखेर पालिकाले बजेट ल्याएको छ ।
गन्यापधुरा गाउँपालिकाको साढे ३५ करोड
गन्यापधुरा गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि ३५ करोड ४९ लाख १४ हजारको बजेट ल्याएको छ । गाउँसभामा गाउँपालिकाकी उपाध्यक्ष ज्ञानु सेटी देउवाले बजेट प्रस्तुत गरेकी हुन् ।
कुल बजेटमध्ये चालूतर्फ २३ करोड ८७ लाख ३६ हजार १ सय र पूँजीगततर्फ ११ करोड ६१ लाख ७१ हजार विनियोजन गरिएको छ । गाउँपालिकाले चालू आर्थिक वर्षका लागि ३८ करोड ३ लाख २८ हजार रुपैयाँ बराबरको बजेट ल्याएको थियो ।
शिक्षा, स्वास्थ्य, कृषि क्षेत्रलाई प्राथमिकता दिएर बजेट ल्याएको गाउपालिका अध्यक्ष ले जानकारी दिए
भागेश्वरको बजेट ४० करोड १८ लाख
डडेल्धुरा जिल्लाको भागेश्वर गाउँपालिकाकाले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि ४० करोड बराबरको बजेट ल्याएको छ । पालिका उपाध्यक्ष पुष्पा ठकुराठीले गाउँसभाको अधिवेशनमा ४० करोड १८ लाख ८३ हजारको बजेट प्रस्तुत गरेकी हुन् ।
पूर्वाधार विकास र शिक्षालाई स्वास्थ्य लाई प्राथमिकतामा राखेर आगामी आर्थिक वर्षको बजेट ल्याइएको गाउँपालिका अध्यक्ष हेमराज चटौतले बताए ।