आजबाट डडेल्धुरा–धनगढी रुटमा बिजुली बस सेवा सञ्चालनमा आउने भएको छ । डडेल्धुरा–धनगढी–डडेल्धुरा रुटमा १३ गते बुधबार अथवा आजबाट नियमित रुपमा बिजुली बस सेवा सञ्चालन हुने भएको हो ।
बिजुली बस सेवा प्रालिका अध्यक्ष विजय भट्टका अनुसार आजदेखि विहान ८ बजे डडेल्धुराबाट धनगढीसम्म र दिउसो साढे २ बजे अत्तरियाबाट डडेल्धुरा सम्म नियमित रूपमा विद्युतिय माइक्रो बस सञ्चालन हुनेछ ।
पडाडी क्षेत्रमा बान्ता हुने समस्या भएका यात्रुलाई एकदमै सहज र पूर्ण रूपमा बान्ता रहित भएकाले सेवाको मौका दिनुहुनेछ भन्ने आशा राखेका छौं,’ प्रालिका अध्यक्ष भट्टले भने । बिजुली बस सेवा प्रालिबाट धनगढी–महेन्द्रनगर, धनगढी–टीकापुर र नेपालगञ्जसम्म सेवा प्रदान गर्ने उदेश्य रहेको भट्टले बताएका छन् ।