कृषि ज्ञानकेन्द्र डडेल्धुराले २० औं राष्ट्रिय धान दिवस मनाएको छ । शुक्रबार जिल्लाको भागेश्वर गाउँपालिका वडा नम्बर ४ स्थित पर्छेटामा रास्ट्रिय धान दिवस मनाएको हो। "जलवायु अनुकुलित कृषक प्रविधि,धान उत्पादनमा वृद्धि"भन्ने मुल नाराका साथ २० औँ धान दिवस मनाउन सुदूरपश्चिम प्रदेश सभा सदस्य, माननीय सरस्वती खडका,जिल्ला समन्वय प्रमुख गगन सिंह भण्डारी,प्रमुख जिल्ला अधिकारी विश्वराज न्यौपाने,जिल्ला स्थित विभिन्न सरकारी कार्यालयका प्रमुखहरु तथा सरोकारवाला संघ सँस्था,संचारकर्मी,स्थानीय जनप्रतिनिधि तथा कृषकहरु सहितको सहभागीतामा मनाइएको हो। कृषकको खेतमै गएर कृषकहरु सँगै छुपुछुपु धान रोप्दै २० औं धान दिवस मनाइएको कृषि ज्ञानकेन्द्र डडेल्धुराका प्रमुख रामचन्द्र भट्ट ले बताउनुभयो ।
धानदिवसका अवसरमा संछिप्त मन्तव्य राख्दै सुदूरपश्चिम प्रदेश सभा सदस्य माननीय सरस्वती खड्काले वास्तविक कृषकले अनुदान नमाग्ने र खेती नगर्ने पावर र पाहुँचवालाले सरकार बाट प्रदान गरिने अनुदान हात पर्ने परिपाटी रहेकोमा अब यस परिपाटीलाइ अन्त्य गरिने बताउनुभयो साथै नेपालजस्तो कृषिप्रधान देशमा बर्सेनि खरबौंको खाद्यान्न आयत गर्नु दु:खद र बिडम्बना रहेको बताउनुभयो।
प्रमुख जिल्ला अधिकारी विश्वराज न्यौपानेले कृषिकहरुले निर्वाहामुखी कृषि पेशामा लाग्नुपर्ने बताउनुभयो | कृषिमा आत्मनिर हुन कृषिमा आधुनिकिकरण,उन्नत बिउ,आधुनिक कृषिऔजार तथा आधुनिक प्रविधिको प्रयोग गर्दा कृषिमा आत्मनिर्भर हुन सकिने कृषि ज्ञानकेंद्र डडेल्धुराका प्रमुख रामचन्द्र भट्टले बताउनुभयो | यहाँको माटो उर्वर रहेकको ले व्यावसायिक रूपमा खेती गर्न आवश्यक रहेको बताउनुभयो।
डडेल्धुरा को भागेश्वर गाउँपालिका को यो क्षेत्र धान उत्पादनको लागि उर्वर भुमी मानिन्छ |
वि.सं २०६१ सालमा विश्वका ४३ राष्ट्रले संयुक्त राष्ट्रसंघलाई अन्तर्राष्ट्रिय धान वर्ष घोषणा गरेपछि नेपालमा वि.सं २०६१ मंसिर २९ गतेको मन्त्रिस्तरीय निर्णयअनुसार विसं २०६२ असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन सुरु गरिएको हो।