क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले सुदुरपश्चिमका ९ वटै जिल्लामा पार्टी इञ्चार्ज र संयोजक तोकेको छ। शुक्रबार देखि कैलालीको धनगढीमा जारी “एकता अधिबेशन तथा राजनैतिक प्रशिक्षण,बैठक” ले जिल्ला पार्टी इञ्चार्ज र संयोजक तोकेको हो। पार्टीको डडेल्धुराको इञ्चार्जमा लाल मडै र संयोजकमा सागर बोहरा चयन हुनुभएको छ।
एकता अधिबेशन तथा बैठकबाट उहाँहरुलाई डडेल्धुरा जिल्लाको पदिय जिम्मवारी दिइएको डडेल्धुरा जिल्लाका नवनियुक्त संयोजक सागर बोहराले बताउनुभयो | यसैगरी कैलाली,कञ्चनपुर,डोटी,अछाम,बैतडी,दार्चुला,बझाङ र बाजुरामा पनि इञ्चार्ज/संयोजक क्रमश: राम बहादुर के.सि.,प्रकाश रावल, शिखर,बिष्णु दमाई, प्रकाश थापा,नरेश सिं ‘निरज’, सितल,बिराट, लाल किरण,सागर, बासुदेब,दिनेश, डम्मर,बिर्जु, पार्वति,, केशब,सुर्य लाई जिल्ला इञ्चार्ज र संयोजक तोकेको सो पार्टीले बताएको छ |
उक्त कार्यक्रममा क. महानको संयोजकत्वमा ९९ सदस्यिय प्रदेश समन्वय समिति पनि गठन गरेको छ, भने ५ सदस्यिय कार्यालय र २७ सदस्य सचिवालय समिति समेत गठन गरेको छ।
केन्द्रिय सचिवालय सदस्य तथा प्रदेश समन्वय समिति संयोजक महानको अध्यक्षतामा शुरु भएको कार्यक्रमको प्रमुख अतिथि पार्टी प्रवक्ता धर्मेन्द्र बास्तोला ‘कञ्चन’ रहनु भएको थियो। अतिथिहरुमा केन्द्रिय कार्यालय सदस्य राजविर,कार्यालय सदस्य तथा प्रदेश इन्चार्ज प्रविर,कार्यालय सदस्य प्रेम सुवेदी,सचिवालय सदस्यहरु प्रतिक,चक्रमणी र केन्द्रिय सदस्य रोशन थिए। कार्यक्रमको संचालन प्रदेश समन्वय समिति सह-संयोजक डाइमन्ड गरेका थिए