जिल्ला प्रहरी कार्यालय डडेल्धुराले गत आर्थिक बर्ष २०७९/०८० को सार्बजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ । मंगलबार जिल्ला प्रहरी कार्यालय डडेल्धुराले समुदाय - प्रहरी साझादारी कार्यक्रम अन्तरगत शान्ति सुरक्षा र व्यवस्थापनमा सार्वजनिक सुनुवाइ कार्यक्रम आयोजना गरेको हो।
कार्यक्रममा प्रमुख अतिथि सुदूरपश्चिम प्रदेश सभा सदस्य मानवीय सरस्वती खड्का,नवदुर्गा गाउंपालिका अध्यक्ष,आलिताल गाउँपालिका उपाध्यक्ष,अजयमेरु गाउँपालिका उपाध्यक्ष विभिन्न पालिकाका वडाध्यक्षहरु जिल्ला स्थित संघसंस्थाका प्रमुख तथा प्रतिनिधि,सञ्चारकर्मी लगायतको उपस्थितमा सम्पन्न भएको हो।
जिल्ला प्रहरी कार्यालय डडेल्धुराका कार्यालय प्रमुख तथा प्रहरी नायब उपरीक्षक मनोहर प्रसाद भट्टले प्रस्तुत गरेको जिल्लाको समग्र शान्तिसुरक्षाको अवस्था बिगत भन्दा राम्रो र सुधारोन्मुख भएको तथांङ्कले देखाएको छ। शान्तिसुरक्षाका लागि जिल्ला प्रहरी कार्यालय डडेल्धुराले सञ्चालन गरेका विभिन्न अभियानहरु लागू औसध नियन्त्रण अभियान,अवैध मदिरा नियन्त्रण अभियान,ट्राफिक व्यस्थापन तथा काम कारबाही,सामाजिक सञ्जालको दुरुपयोग नियन्त्रण तथा कारबाही,अपराध नियन्त्रण तथा अनुसन्धान,महिला वालबालिका तथा जेष्ठ नागरिक सम्बन्धमा,समुदाय प्रहरी साझेदारी कार्यक्रम,बिपत व्यबस्थापन,घरेलु हिंसा लगायत विभिन्न अपराध तथा शान्तिसुरक्षाको क्षेत्रमा उपलब्धि हाँसिल गरेको तथ्याङ्क सार्बजनिक गरेको हो |
प्रहरी नायब उपरीक्षक मनोहरप्रसाद भट्टले प्रस्तुत गरेको तथ्यांक अनुसार आर्थिक वर्ष २०७७ /०७८ मा लागूऔषधको कुनै पनि मुद्दा छैन भने आर्थिक वर्ष २०७८/०७९ मा तीन वटा मुद्दा रहेका छन् । गत आर्थिक वर्ष २०८९र०८० मा यो संख्यामा बढेर आठ पुगेको छ ।
त्यस्तै लागूऔषध सम्बन्धि मुद्दा तथा दुर्व्यसनीलाई सुधार केन्द्र पठाएको र १७ जनालाई सहजीकरण गरिएको, ६१ जना लागूऔषध दुव्र्यसनीमा फसेकालाई परामर्श दिइएको, लागूऔषध दुव्र्यसन नियन्त्रण तथा रोकथामका लागि १७७ पटक गरी २३ हजार ५०० विद्यार्थीहरुलाई त्यस बिषयमा कक्षमै परामर्श गरिएको,जिल्ला भरी १३३ पटक गाँजा नष्ट गरिएको डिएसपी भट्टले बताए ।
यस्तै मापसे गरि सवारी साधान चलाउने २ सय २३ जनालाई कार्वाही, मापसे गरि बस चलाउने ६ जना विरुद्ध मुद्दा चलाइएको, मापसे गरि राति हो–हल्ला गर्ने २ सय ७१ जनालाई कार्वाहीका लागि जिल्ला प्रशासन कार्यालय पठाइएको,२ सय ९१ जनालाई सोही घटनामा स्थानीय तहबाट कार्बाही गरिएको तथ्याङ्क प्रस्तुत गरे ।
झुण्डिएर आत्महत्या गर्नेको संख्या आर्थिकवर्ष २०७७/०७८ मा ३४, २०७८/०७९ मा २२, गत आर्थिक वर्ष २०७९/०८० मा यो संख्या २६ रहेको छ । गत वर्ष कर्तव्य ज्यानको मुद्दा ३, ज्यान मार्ने उद्योग १, भवितव्य ज्यान मुद्दाको संख्या १३ र फुटकर ज्यान मुद्दाको संख्या ५ रहेको तथ्यांक सार्बजनिक गरिएको हो |