नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको केन्द्रिय समिती बैठकको निर्णय बमोजिम देशभर शुरु भएको जनता संग माओवादी विशेष रुपान्तरण अभियान आज डडेल्धुरामा पनि ५ ओटा कमान्ड बाट एकसाथ शुरु भएको छ।
घरघरमा माओवादी जनजनमा माओवादी भन्ने मुल नारा सहित ३ महिना सम्म संचालन हुने अभियान डडेल्धुरालाइ ५ कमान्डमा बिभाजन गरेर आज दिउँसो १:०० बजे बाट एकसाथ शुरु भएको माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा डडेल्धुरा जिल्ला इन्चार्ज हरि ज्ञवाली (अखण्ड)ले बताउनु भयो।
अभियानलाइ प्रभावकारी बनाउन जिल्लाका ५ ओटै कमान्डको नेतृत्व पार्टिका केन्द्रिय सदस्यहरुलाइ दिइएको छ।
अभियानलाइ प्रभावकारी बनाउन जिल्लाका कमाण्ड नम्बर. १ मा परशुराम नगरपालिका १- १० र १२ मा माननीय प्रदेश उद्योग वन तथा वातारण मन्त्री तथा केन्द्रिय सदस्य रमेश धामी (डाइमण्ड) र प्रदेश सचिव राम बहादुर देवकरको कमाण्डमा प्रदेस कमिटिका सदस्य तथा जिल्ला समन्वय सदस्यहरु रहेका छन् |
कमाण्ड नम्बर २ मा संविधान सभा सदस्य एवम् केन्द्रिय सदस्य भगत बडुवाल (मुक्ति) को नेतृत्वमा प्रदेश समिति सदस्यहरू तथा जिल्ला समन्वय समितिका सदस्यहरु सहित आलिताल १ देखि ८ र परशुराम ११ सम्म ।
कमाण्ड नम्बर ३ मा केन्द्रिय सदस्य शिव सिंह ओली को नेतृत्वमा प्रदेस कमिटिका सदस्य तथा जिल्ला समन्वय सदस्यहरु सहित भागेश्वर १-५ र अजयमेरू १-६ सम्म ।
कमाण्ड नम्बर ४ मा संविधान सभा सदस्य तथा केन्द्रिय सदस्य हरि ज्ञावाली (अखण्ड) को नेतृत्वमा प्रदेश समिति सदस्यहरू तथा जिल्ला समन्वय समितिका सदस्यहरू सहित अमरगढी नगरपालिका १ देखि १० सम्म ।
कमाण्ड नम्बर ५ मा केन्द्रिय सदस्य दल बहादुर धामी (अग्नी)को नेतृत्वमा प्रदेश समिति सदस्य र जिल्ला समन्वय समितिका सदस्यहरू नवदुर्गा १-५ र गन्यापधुरा १-५ सम्म सम्मको कार्य विभाजन अनुसार एकैपल्ट उद्घाटन भएको जनाइएको छ ।
साउन १७ देखि २१ गते सम्म बसेको माओवादी केन्द्र केन्द्रिय समिती बैठकको निर्णय बमोजिम डडेल्धुरामा पनि जनता संग माओवादी विशेष अभियान जिल्लाका ५ ओटै कमान्ड एकसाथ शुरु गरिएको हो।
माओवादी केन्द्रलाई जनता संग जोड्ने र कार्यकर्तामा उर्जा सहितको रक्तसञ्चार सिर्जना गर्न पार्टी नेता स्थानिय जनताको घरदैलोमा जाने र प्रचण्ड सरकारले पछिल्लो समय शुसासन र समृद्धिका पक्षमा गरेका ऐतिहासिक एवम् लोकप्रिय कार्य जनतालाई सुसूचित गर्ने तथा संगठन निर्माणलाई रफ्तारमा अगाडि बढाउने उदेश्यले जनता संग माओवादी विशेष अभियान संचालन गरिएको माओवादिले जनाएको छ।
आज बिहान ९ बजे माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुस्पकमल दाहाल प्रचण्डद्वारा भर्चुअल माध्यम बाट देशभर एकै साथ जनता संग माओवादी विशेष रुपान्तरण अभियान उद्घाटन गरिएको थियो।