नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य सेवा बिभाग,परिवार कल्याण महाशाखा अन्तरगत स्वास्थ्य कार्यालय डडेल्धुराले डडेल्धुरा अस्पतालमा पाठेघरको मुखको क्यान्सरविरुद्ध ‘एचपीभी खोप’ को अभियान चलाउने भएको छ ।
आइतबार जिल्ला सदरमुकामा एचपीभी खोप सम्बन्धि सञ्चारकर्मी तथा अन्य सरोकारवाला हरु सँगको अन्तरक्रिया कार्यक्रममा स्वास्थ्य निर्देशनालय दिपायल तथा स्वास्थ्य कार्यालय डडेल्धुराले सो जानकारी दिए अनुसार यहि भदौ २७ गतेदेखि डडेल्धुरा अस्पतालमा एचपीभी खोप कार्यक्रम सुरु हुने स्वास्थ्य कार्यालय डडेल्धुराका प्रमुख केशरबहादुर साउँदले जानकारी दिए।
प्रथम चरणमा (२०६५ भाद्र ३०–२०६६ भाद्र ३०) उमेर समुहका किशोरीहरूलाई लक्षित गरी परीक्षणकालको रुपमा सुदूरपश्चिम प्रदेश स्तरमा गरि जम्मा ३८२ जना किशोरीलाई उक्त्त खोप दिन लागिएको स्वास्थ्य कार्यालय डडेल्धुराले जानकारी दिएको हो ।
सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय डोटीका जनस्वास्थ्य निरीक्षक मिनराज जोशीले जानकारी दिए अनुसार एक सर्वेक्षणका अनुसार पाठेघरको मुखको क्यान्सरबाट ७५ प्रतिशत महिलाको मृत्यु भइरहेकोले यसबाट बच्न सुरुमै सो उमेर समुहका किशोरीलाई खोप दिने कार्यक्रम शुरु गरिएको ले खोप अत्यन्तै प्रभावकारी र महत्वपूर्ण उनले बताए।’
सरकारले यस अघि नै परिक्षणको रुपमा चितवन र कास्की जिल्लामा ११ देखि १३ वर्षसम्मका किशोरीमा एचपीभी खोप परीक्षणगरिसकेको थियो ।
हाल संघिय सरकारले यसै आर्थिक वर्ष २०८०/८१ को बजेटमा ९ देखि १४ वर्षका किशोरीहरूका लागि लक्षित गरी यो कार्यक्रमलाई विस्तारगर्नेगरी नीति तथा कार्यक्रम सहित बजेट बिनियोजन गरेको उनले जानकारी दिए ।
हाललाई डडेल्धुरामा यो खोप लगाउनुपर्ने १४ वर्ष उमेर समूहका किशोरी संख्या एक हजार सात सय २४ रहेको तर, भ्याक्सिन भने तीन सय ८२ मात्र आएको छ। खोपको मात्रा एकदमै सीमित भएकोले खोपका लागी शुरुमा आउनेलाई नै पहिलो प्राथमिकता दिइने उनले बताए।
खोप डडेल्धुरा अस्पतालहरूबाट उपलब्ध गराइने र पहिलो मात्रा लिनका लागि उमेर खुल्ने आधिकारिक जन्मदर्ता वा अन्य प्रमाण खुल्ने प्रमाणपत्र लिएर आउनु पर्ने स्वास्थ्य कार्यालय डडेल्धुराले बताएको छ | दोस्रो मात्रा लिनका लागि खोपको पहिलो मात्रा लिएको खोप कार्ड साथमा लिनुपर्ने जनाइएको छ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारि विश्वराज न्यौपाने,जिल्ला समन्वय प्रमुख गगनसिंह भण्डारी,बिभिन्न विद्यालयका शिक्षक,जिल्ला स्थित संचारकर्मी र अन्य सरोकारवालाहरुको सहभागिता रहेको थियो ।