डडेल्धुरामा जिल्ला निर्वाचन कार्यालयको भवनको शिलान्यास गरिएको छ। सोमबार निर्वाचन आयोगकि आयुक्त जानकी कुमारी तुलाधरले धार्मिक विधि अनुसार एक कार्यक्रम बिच भवनको शिलान्यास गरेकी हुन। खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयको स्वामित्वमा रहेको जमिन सो कार्यालयले जिल्ला निर्वाचन कार्यालयलाई उपलब्ध गराएपछि निर्वाचन कार्यालयको भवन निर्माण प्रक्रिया शुरु भएको निर्वाचन अधिकृत करुणाकर अवस्थिले जानकारी दिए।
अधिकृत अवस्थीका अनुसार भवन निर्माणका लागि सरकारले जम्मा ३ करोड ७१ लाख ५६ हजार बजेट विनियोजन गरेको मा ठेक्का निर्माण कम्पनी सँग २ करोड ७४ लाख ७९ हजार पाँच सय मा कबोल सम्झौता सहित किरण पासामस्टा निर्माण कम्पनीसँग सम्झौता भएको जानकारी दिए। १८ महिनामा निर्माण कार्य सम्पन्न गरिसक्नुपर्ने सम्झौता रहेको उक्त भवन तीन तलाको बन्ने उनले जानकारी दिए ।
भवन शिलान्यास पछी एक औपचारिक कार्यक्रमलाई सम्बोधन गर्दै आयुक्त तुलाधरले निर्वाचन सामग्रीको उचित रेखदेख,सुरक्षाका दृस्ठिकोणले निर्वाचन आयोगको आफनै भवन हुनुपर्ने मान्यताका आधारमा भवन निर्माणका लागि बजेट विनियोजन गरिएको बताइन । निर्माण कम्पनीलाई समयमै काम सम्पन्न गर्न र गुणस्तरीय काम सहित सम्पन्न गर्न निर्देशन समेत दिइन। उनले निर्वाचन लाई अँझै स्वच्छ,मर्यादित र विस्वसनिय बनाउन आयोगले थप गृहकार्य गरिरहेको बताइन् । आयुक्त तुलाधरले निर्वाचन कार्यालयलाई जग्गा उपलब्ध गराउने खानेपानी डिभिजन कार्यालयका लेखा प्रमुख रुद्र निदाललाई सम्मान समेत गरेकी थिइन ।
कार्यक्रममा मन्तव्य राख्दै प्रमुख जिल्ला अधिकारी,राजनीति दलका प्रतिनिधि,पत्रकार महासंघका अध्यक्ष लगायत ले भवनको निर्माण कार्य समयमै सक्न र निर्धारित गुणस्तरीय रुपमा काम सम्पन्न गर्न निर्माण कम्पनीलाई आग्रह गरेका थिय,सो को लागि सम्पुर्ण सरोकारवालाहरुले आवश्यक अनुगमन,निरीक्षण,सल्लाह,सुझाव र खबरदारी समेत गर्नुपर्ने धारणा राखेका थिए ।
कार्यक्रममा निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेल,प्रमुख जिल्ला अधिकारी,सुरक्षा निकायका प्रमुखहरु,राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहर,जिल्ला स्थित कार्यालयका प्रमुख तथा प्रतिनिधिहरु,सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।