डडेल्धुरा । डडेल्धुरा जेसीजले जेसिज सप्ताहको अवसरमा जिल्ला स्तरिय खुल्ला भलिवल प्रतियोगिताको आयोजना गर्ने भएको छ । जेसिज डडेल्धुराले शुक्रबार सदरमुकाम तथा जेसिज सचिवालय राइनो होटेलमा पत्रकार सम्मेलनको आयोजना गर्दै खुला पुरुष भलिबल प्रतियोगिता सहित विविध कार्यक्रमको आयोजना गर्न लागेको जानकारि दिएको हो ।
जेसीज वर्ष २०२३ का अध्यक्ष भोजराज अवस्थिका अनुसार यहि कात्तिक १२ गतेदेखी १८ गते सम्म जेसीज सप्ताह कार्यक्रमको अवसरमा खुल्ला भलिबल प्रतियोगिता, म्युजिकल चेयर,घैटो फोड खेल, निशुल्क आखा जाच,निशुल्क रक्तदान,निःशुल्क दन्त स्वास्थ्य सल्लाह, उपचार तथा औषधी वितरण लगायतका विविध कार्यक्रमको आयोजना गरि भव्य तरिकाले मनाउन लागिएको अवस्थीले पत्रकार सम्मेलन मार्फफ जानकारी दिए।
जेसिज सप्ताह अन्तरगत कात्तिक १२ गते उद्घाटन र सोहि दिन नेपाल रेडक्रम सोसाईटीको भवनमा रक्तदान कार्यम्रम, १३ गते बसपार्कमा म्युजिकल चेयर र घैटो फुटाउने खेल कार्यक्रम, १४ गते गन्यापधुरा गाउपालिकामा निःशुल्क आँखा जाँच तथा औषधी वितरण, १५ गते अमरगढी नगपालिका २ मा निःशुल्क दन्त स्वास्थ्य सल्लाह, उपचार तथा औषधी वितरण, १६ देखि १८ गतेसम्म जिल्ला स्तरिय खुल्ला भलिबल प्रतियोगिताको आयोजना गरिन लागेको अध्यक्ष अवस्थिले जानकारि दिए।
भलिवल प्रतियोगितामा प्रथम पुरस्कार ५१ हजार एक सय ११, ट्रफि, मेडल तथा प्रमाणपत्र, द्धितिय पुरस्कार २५ हजार एक सय ११ र तृतिय पुरस्कार १५ हजार एक सय ११ सहित मेडल तथा प्रमाणपत्र रहेको जनाइको छ ।
भलिबल प्रतियोगिता अमरगढी नगरपालिका वडा नम्बर ८ स्थित डडेल्धुरा बहुमुखि क्याम्पसको छात्रबासको खेल मैदानमा हुने उनले बताए ।
टिम दर्ता जेसिज सचिवालय तथा बागबजार स्थित राइनो होटेलमा सम्पर्क गर्न सकिने छ ।