"हाम्रो आलिताल हाम्रो सान पर्यटकिय विकासका लागी सामुहिक अभियान" भन्ने मुल नाराका साथ डडेल्धुरा जिल्लाका प्रमुख पर्यटकिय गन्तव्यहरुको प्रचारप्रसार तथा दिगो व्यवस्थापनको मुख्य उद्देश्य लिई रणबम गण डडेल्धुरा र आलिताल गाउँपालिका डडेल्धुराको संयुक्त आयोजनामा त्रिदिवसिय आलिताल ताल सरसफाई कार्यक्रम आजबाट सुरु भएको छ ।
शनिबार आलिताल गाउँपालिका वडा नम्बर ३ स्थित प्रसिद्ध प्राकृतिक ताल आलितालको संरक्षण प्रबर्द्धन र विकास तथा राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमै चिनाउन,प्रचारप्रसार गर्न जिल्लामा रहेका विभिन्न सरकारि कार्यालय,स्थानिय पलिकाहरु,जनप्रतिनिधिहरु,संघसंस्था, विद्यालय परिवार, राजनैतिक दल,वन उपभोक्ता समिति, समाजसेवी,पत्रकार,कर्मचारी,विद्यार्थी,आमासमूह सबैमा ताल सरसफाइ कार्यमा सहभागिताका लागि आलिताल गाउपालिका र रणबम गण डडेल्धुराले सयुंक्त रुपमा सूचना प्रवाह गर्दै सहभागिताका लागि आव्हान समेत गरेको थियो।
सोहि आव्हान अनुरुप शनिबार एक औपचारिक कार्यक्रमको आयोजना सहित ताल सरसफाइ कार्यक्रमको प्रमुख अथितिको रुपमा कार्यक्रम उदघाट्न परशुराम नगरपालिकाका प्रमुख भरत बडायर जोशीले गरेका थिय भने कार्यक्रमको अध्यक्षता आलिताल गाउपालिकाका अध्यक्ष शेर सिंह पार्कीले गरेका थिय।
तीनदिनसम्म संचालन हुने उक्त सरसफाई कार्यक्रममा रणबम गणको गणपति सहित सेनाको टोलि, बिभिन्न पालिका प्रमुख तथा उपप्रमुखहरू वडाका अध्यक्षहरु,राजनीतिक दलहरु,सरकारी कार्यालयका प्रमुखहरु संचारकर्मीहरु, सबै तहका सुरक्षा निकायहरु, प्रतिनिधिहरु तथा विभिन्न संघसस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
समुद्री सतहबाट करिब ८ सय मिटर उचाइमा महाभारत पर्वत शृंखलाको फेदमा रहेको यस ताललाई अझैं व्यवस्थित र संरक्षण,प्रबर्द्धन गर्न सकिय आन्तरिक तथा बाह्रय पर्यटकहरूको पर्यटकीय गन्तव्यको केन्द्र बन्ने कार्यक्रममा सहभागीले बताएका छन् ।
जिल्लामा रहेका विभिन्न पर्यटकीय,धार्मिक,ऐतिहाँसिक,पुरातात्त्विक,प्राकृतिक सम्पदाहरुको संरक्षण,प्रबर्द्धन र प्रचारप्रसारमा नेपाली सेना रणबम गणका प्रमुख सेनानी (कर्णेल) प्रविण थापाले चासो र अग्रसरता लिँदै आएका छन।यस्ता सम्पदाहरुको संरक्षणमा निरन्तर लागिरहेका पनि छन ।
सोहि क्रममा उनि नेपाली सेनाको टोलीसहित आफै ताल सरसफाई कार्यक्रममा सहभागी भएका छन् । यसअघि पनि डडेल्धुराकै अमरगढी किल्लाको संरक्षणमा नेपालि सेनाको कल्याणकारी कोषबाट १० लाख बजेट बिनियोजन गराउन सफल भएका थिय भने किल्लाको सरसफाईमा समेत जुटेका थिय ।
सुदूरपश्चिमकै प्रसिद्ध आलीताल तालको लम्बाइ एक हजार १७५ मिटर र करिब ४ सय मिटर चौडाइ रहेको छ। यस ताललाई चुरेका डाँडाले घेरेको छ भने तालको परिपरी सुन्दर हरियाली वनले ढाकेको छ। यससँगै आलिताल गाउँपालिका वडा नम्बर १ मा रहेको सुन्दर जैसना झरना पनी पर्यटकीय आकर्षणको केन्द्रको रूपमा रहेको छ।