जेहनदार र उत्कृष्ट नतिजाको आधारमा नगरपालिकालको कार्यपालिकाको बैठकले शैक्षिक कर्जा स्विकृत गर्नेछ।
यस्तो ऋण एक परिवारको एक जनाले मात्रै पाउने व्यवस्था उल्लेख गरिएको छ। यसरी प्राप्त हुने कर्जा विद्यार्थी एकमुुष्ट वा किस्तामा पाउने छन्। ऋण दुरूपयोग गरेको खण्डमा वा अन्य कार्यमा प्रयोग गरे मापदण्ड अनुसार कारवाहीको व्यवस्था पनि गरिएको नगरप्रमुख जोशीले बताए।
उपलब्ध हुने कर्जा रकम व्यक्तिको खातामा नभई जुन ठाउँमा विद्यार्थी अध्ययन गरिरहेको छ। त्यहि शैक्षिक संस्थाको खातामा नगरपालिकाबाट रकम जम्मा गरिने छ।
उक्त कर्जा रकम शैक्षिक कोर्सको अन्तिम परिक्षा दिएको एक वर्षभित्र २५ प्रतिशत र दुुई वर्षभित्र पचास प्रतिशत, तीन वर्षभित्र ७५ प्रतिशत र चार वर्ष भित्र सबै कर्जा कम नगरपालिकालाई फिर्ता दिनुपर्ने छ।
‘पैसा नभएर अब्बल विद्यार्थीहरूले पढ्न नपाएका पनि छन। यहि समस्यालाई मध्यनजर गर्दै हामीले यो कर्जा दिने कार्यक्रम ल्याएका हौं, यो व्यवस्थाले विपन्न तथा आर्थिक अवस्था कमजोर, लोपन्मुख समुदायका पढाईमा हुटहुटी बोकेका विद्यार्थीलाई राहत हुनेछ, सम्भवतः यो व्यवस्था यहि चालुआर्थिक वर्षभित्र कार्यान्वयन गर्दैछौं,’मेयर जोशीले भने।
कर्जा सम्बन्धी पारित भएको ऐन राजपत्रका प्रकाशित भएपछि यहि चालु आर्थिक वर्षमा केही विद्यार्थीलाई कर्जा दिने र आगामी आर्थिक वर्षमा पूर्णरूपमा कार्यान्वयन गर्ने नगरपालिकाको तयारी छ।