स्वर्ग र नर्क , यसै धर्तीमा,
हामीले भोग्दै छौं।
पापी र धर्मि, यो कलियुगमा,
हामीले देख्दै छौं।
रिस र डाहा, उसले गर्छ ,
जस्को मन कालो छ।
यो कलियुगमा,नर्कमा जाने,
उसैको पालो छ।
समाज बिच ,परिश्रम देखाइ,
जो अघि बढदछ।
उसैलाई सधै, ईस्वरले पनि,
सहायता गर्दछ।
जे कर्म गर्यो , यो कलियुगमा,
भोग्नु नै पर्दछ।
यसको रेकर्ड , त्यो यमराजले,
खातामा राख्दछ।
जो भोग्छ आरम, सुख र चइन,
त्यो उसको स्वर्ग हो।
जस्ले भोग्छ, दु:ख र कष्ट ,
त्यो नै नर्क हो।
बाचुन्जेल हामीले, धर्म का लागि,
ईस्वर मा मन दिनु।
मनमा ईस्वर ,सम्झ्नु सधै,
मुर्ख नहुनु।।
जति धन भए, सम्पत्ति भए,
मरी के लानु छ।
हरियो बाँसको ,डोलीमा चडी,
घाटमा जानु छ।
तेरो र मेरो ,भन्दा भन्दै,
समय जादछ।
यतिनै बेला, त्यो काल आई,
गाँजेर लादछ।।
समाप्त ।
-------------------
तोयालाल दाहाल ,काकडभिट्टा
झापा।🌷🌷🙏🙏🌷🌷🙏🙏🌷🌷