नेपाल टेलिकम डडेल्धुराबाट फर्जी प्रमाणपत्र पेस गरेर सिम निकाल्ने व्यक्ति पक्राउ परि आइतबार जिल्ला प्रहरी कार्यालयले पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको छ।
पक्राउ पर्नेमा बझाङको बित्थडचिर गाउँपालिका-१ का २६ वर्षीय धनबहादुर बोहरा रहेका छन्। उनी बित्थडचिर गाउँपालिका सिभिल इन्जिनियर समेत रहेको थिए।
धन बहादुरले यहीँ माघ २३ गते बित्थडचिरकै मोहनबहादुर बोहराको मतदाता नामावली परिचयपत्रको फोटोकपी बुझाएर नेपाल टेलिकम डडेल्धुरा शाखाबाट सिम निकालेका थिए।
उक्त सिमबाट सञ्चालित नविल बैंकको मोबाइल बैंकिङ एपबाट ७२ हजार एक रूपैयाँ समेत डडेल्धुराकै मित्र मोबाइल ग्यालरीमा ट्रान्सफर गरि रिचार्ड कार्ड खरिद गरेका थिए। बिहीबार पिडित बोहराले प्रहरीमा उजुरी दिएपछि डडेल्धुरा प्रहरीले टेक्निकल र म्यानुअल विधि प्रयोग गरेर पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी नायब उपरीक्षक दिपक कुमार कार्कीले आइतबार पत्रकार सम्मेलन मार्फत जानकारी दिए।
प्रयोगमा रहेको सिम हराएको भएपनि सोही नम्बरको नयाँ सिम निकाल्ने क्रममा सक्कलै नागरिकता र स्वयम् व्यक्ति उपस्थित भएर अर्को सिमकार्ड लिने प्रावधान भएपनि टेलिकमले अनलाइनमा प्रविष्ट रहेको मतदाता नामावली परिचयपत्र डाउनलोड गरेर गएका अपरिचित व्यक्तिलाई सिमकार्ड दिएको थियो।
सोही पत्रकार सम्मेलनमा जिल्ला प्रहरी कार्यालय डडेल्धुराले २०८० यता ६ महिनाको प्रगति विवरण पनि सार्वजनिक गरेको छ। जसमध्य प्रहरीमा परेका मुद्दा दर्ता भएका जम्मा ५७ वटा जसमध्य ( जवरजस्तिकरणी ५ वटा,लागुऔषध ९ वटा , कर्तव्य ज्यानमारा ३ वटा शु. आ.४ वटा सवारी ३ वटा जुवा ५ वटा रहेको छन।
अघिल्लो वर्ष जम्मा ९९ वटा मुद्धा दर्ता भएको मा जसमा (जबर्जस्तिकरणी ३ वटा लागुऔषध ७ वटा,कर्तव्य ज्यान २ वटा,झुन्डिएर आत्महत्या २५ वटा,सवारी ४ वटा जुवा २ वटा ) रहेका मुद्धा फछ्यौट गरिएको जनाइएको छ।
त्यसैगरी प्रहरीले सन्चालन गरेको १४ वटा जनचेतनामुलक कार्यक्रमहरु, ५३८, लाभांवित भएको (१८,१२८ जना), अवैध मदिरा बरामदः - ७१५ लिटर अवैध घरेलु मदिरा, ८०५ लिटर कच्चा पदार्थ र २८७ पेटी प्रतिबन्धीत मदिरा बरामद गरि नष्ट गरिएको छ ।
ट्राफिक कारवाहीः- २८४७ वटा जसमध्ये राजश्व संकलन रु १६.२२,०००/-, हराएका महिला तथा बालबालिकाको निबेदन मध्य ६० वटा फेला परेका, ५७ जना अटो सवारी कारवाही,१८ ट्राफिक नियम उल्लंघन गर्ने, ३०वटा कागज पत्र नभएका । (रुट पर्मिट नभएका अटोलाई नगरपालिकाबाट अनुमती पत्र लिन लगाएको) जिल्ला प्रहरी प्रमुख कार्किले जानकारी दिए।