डडेल्धुरा : डडेल्धुराको आलिताल गाउँपालिका वडा नम्बर १ मा रहेको श्री भुवनेश्वरी माध्यमिक विद्यालयमा बिगत ४ बर्ष यता माध्यमिक तहमा बिज्ञान शिक्षक नहुँदा बिद्यालयको र विद्यार्थीहरुको पढाई अस्तव्यस्त अवस्थामा पुगेको छ।
वडा नम्बर १ को एकमात्र माध्यमिक विद्यालय भएपनी लामो समयसम्म बिषयगत शिक्षक नहुँदा see लगायत माध्यमिक तहका अन्य कक्षाको रिजल्टको अवस्था एकदमै नाजुक हुने गरेको छ।
तिनबर्ष अगाडि बाट उक्त बिज्ञान बिषय एकजना गणित बिषय पढेका शिक्षकले जसोतसो काम चलाउँदै आएका भएपनी एकबर्ष अगाडीबाट भने पुर्णतया शिक्षकविहिन अवस्थामा पुगेको बिद्यालय व्यवस्थापन समितीका अध्यक्ष बिक्रम बोगटीले बताए ।
रिक्त शिक्षक पदको लागि आलिताल गाउँपालिका बाट पालिका स्तरीय दरबन्दी प्राप्त भएपछि उक्त पदका लागि विद्यालयले पटकपटक गरि तीन पल्ट बिज्ञापन खोलेको थियो। तर शिक्षक भर्ना गर्दा माध्यमिक तहको लाइसेन्स अनिवार्य गरिँदा र तलब स्केल पनि थोरै हुँदा शिक्षक नै नआउने गरेको विद्यालयका प्रधानाध्यापक बासुदेव बोगटीले बताए।
गाउँपालिकाले तलब स्केल पनि पूरा दिन नमान्ने,लाइसेन्स पनि अनिवार्य गर्ने,शिक्षक व्यवस्थापन पनि नगर्ने तर गुणस्तरीय शिक्षापनि भएन भनेर गुनासो गर्ने पालिकाको दोधारे भुमिकाले बालबालिकाहरुको भविष्यमा झनै गम्भीर असर परिरहेको अध्यक्ष बोगटीले गुनासो गरे।
बोगटीले बालबालिकाहरुको भबिस्यको लागि गम्भीर र संबेदनसिल हुन र शिक्षक व्यवस्थापनमा स्थानीय सरकार,बुद्धिजीवी लगायत सम्पुर्णमा सहयोग गरिदिन र शिक्षक नियुक्तिको झन्झटिलो व्यवस्थालाई सहज बनाउन सहयोग गरिदिन सम्बन्धि सरोकार पक्ष सँग अनुरोध समेत गरेका छन।