डडेल्धुरा ; डडेल्धुरामा छैटौं डडेल्धुरा महोत्सव सुरु भएको छ। "डडेल्धुराको दिगो विकास र अर्थतन्त्रको आधार,कृषि पर्यटन तथा उद्योगको पुर्वाधार"भन्ने मुलनाराका साथ बिहिवारबाट जिल्ला सदरमुकामको टुंडिखेलमा सुरु भएको महोत्सव चैत्र ४ गतेसम्म चल्ने आयोजकले जनाएको छ ।
महोत्सवको उद्घाटन सुदूरपश्चिम प्रदेश प्रमुख तथा कार्यक्रमका प्रमुख अथिति देवराज जोशीले गरे । उद्घाटन कार्यक्रममा विशिष्ट अतिथि सुदूरपश्चिम प्रदेश सभा सदस्य सरस्वती खड्का,विभिन्न पालिका प्रमुख- उपप्रमुखहरु,स्थानीय तहका जनप्रतिनिधिहरु,राजनीतिक दलका प्रमुखहरु विभिन्न सरकारी तथा गैरसरकारी संथाका प्रतिनिधिहरु,पत्रकार महासंघ डडेल्धुरा लगायतले महोत्सवको पुर्ण सफलताको शुभकामना सहित मन्तव्य राखेका थिए।
स्थानिय कला,संस्कृतिको संरक्षण, स्थानीय उत्पादनको बजारीकरण संगै पर्यटन प्रवद्धन र डडेल्धुराको समग्र विकासको लक्ष्य उद्येश्यका साथ महोत्सव आयोजना गरियको आयोजकले जनाएको छ ।
महोत्सवमा स्थानीय उत्पादनसंगै कृषि उपजको प्रदर्शनी, रमाइलो मेला स्थानीयसंगै राष्ट्रिय कलाकारको प्रस्तुती सहित जिल्लास्तरीय पुरुष भलिबल प्रतियोगिता,खुला पुरुष महिला डेउडा प्रतियोगिता समेत हुने छन।
महोत्सवमा टिकट शुल्क एक सय रुपैयाँ र विद्यार्थीलाई ५० रुपैयाँ तोकिएको छ भने ७० वर्षमाथिका ज्येष्ठ नागरिक तथा क र ख वर्गका अपाङ्गता भएका नागरिकलाई प्रवेश शुल्क निशुल्क हुने छन । महोत्सवमा टिकटबाट संकलन भएको रकमको ५ प्रतिशत डडेल्धुरामा क्रिकेट मैदान निर्माणका लागि सहयोग गरिने आयोजक डडेल्धुरा उद्योग वाणिज्य संघले जनाएको छ।