नेपालमै बिकाश भए,
बिदेश किन जाने।
आफ्नो प्यारो देशमा बसि,
ढिँडो रोटी खाने।
देशमा बिकाश हुन्छ भनि,
गणतन्त्र ल्यायौं।
नेताहरुको फोस्रो भाषण,
सुन्न मात्र पाँयौं।।
नेता सबको जिब्रो चल्यो ,
तर हात चलेन।
बिकाशको दियो भने,
तर याँहा बलेन।
कसैलाई चै मार्सी चामल,
कसैलाई ढिँडो छैन।
गणतन्त्र भेदभाव गर्न ,
आएको चै हैन।
मियो बिनाको दाईँ भयो,
नेपाल देश हाम्रो।
सबै तिर भ्रष्टाचार छ,
कहिले बन्छ राम्रो।
भ्रष्टलाई कार्यबाहि छैन,
जति खाए हुन्छ।
उभो लाग्छ देश भन्यो,
झनै उधो जान्छ ।।
रेमिटेन्सले मात्र अब,
देश कति टिक्छ।
देशको गति अब कता,
कस्ले भन्न सक्छ !
एका तिर भुकम्प र ,
कोरोनाले खायो।
बिश्वाभरि सबैको नै,
यहि हालत भयो।
कयौं पुस्ता बितिसक्यो ,
डोको फेरिएन।
गणतन्त्र आउँदा समेत,
खै पेट भरिएन।
दैवीक क्षेती पश्चिम् नेपाल,
भुकम्प ले ल्यायो।
बंम बारुदको क्षेती बाट,
संसार ध्वास्त भयो।।
टिस्टा नदी उर्लिएर ,
नोक्सान धेरै भयो।
सिक्किम्मा घर मानिस,
सारा बगाई दियो।
हाम्रा भाइ बहिनी हरु,
इजरायल पढन गए।
वंम बारुद पढकिएर ,
हताहत भए।।
उनीहरुको यो पीडामा,
कस्ले मलहम लाउने।
यदि हाम्रो सरकार भए,
उद्धार गरि ल्याउने।
अनि मात्र देशमा सरकार,
रहेछ भन्ने हुन्छ ।
संसार भरि सरकारको ,
अनि नाम रहन्छ ।।
समाप्त ।
--------------तोयालाल दाहाल -काकडभिट्टा झापा।
🌷🙏🙏🌷🌷🙏🙏🌷🌷