भारतबाट आएका हात्ती नेपाल,
ताकेर।
किसानले बरा, पाउदैनन खान अन्न,
पाकेर।
मेची खोलाको बगर भरि, हात्तीका,
बथान।
जानी नजानी, बाहुन्डागीको गर्दछु,
कथन।
खेतमा दिनै श्रम गरेर, थाकेका,
किसान।
निन्द्रा न भोक हात्ती खेदाउँदै, हुन्छ,
बिहान।
मेची बगरमा जम्मा भएर, नेपाल,
पस्दछन्।
रातभर बाली सखाप पारी,ढुक्क ले,
बस्दछन्।
केहि बर्ष अघि रोगथाम थियो सोलर
तारले,
मर्मत गरौं रोकिन्छ हात्ती यही फेन्सी
बारले।
पहिले हात्ती आउदैन थियो उल्टोभो,
जमाना।
हात्ती दिवसको, सबैमा मेरो छ,
शुभकामना।
समाप्त
------------ तोयालाल दाहाल काकडभिट्टा झापा।