सुदुरपश्चिम् प्रदेशका चार पहाडी जिल्लाहरू डडेल्धुरा ,डोटी , अछाम र बाजुरामा नेकपा माओवादी केन्द्रको दुई महिने रुपान्तरण अभियानको अभिमुखीकरण कार्यक्रममा को क्रममा प्रमुख अतिथिकाे हैसियतले पुर्व शिक्षा मन्त्री तथा नेकपा माओवादी केन्द्रका उपमहासचिव,सुदूरपश्चिम प्रदेशका इन्चार्ज गिरिराजमणि पाेखरेल शनिवार बिहानै डाेटिकाे सदरमुकाम स्थित शैलेश्वरि मन्दिर परिसरमा देखीनुभयो |
त्योभन्दा अगाडि अर्थात् सोही दिन बिहान सेती प्राविधिक शिक्षालय पुगेका पुर्व शिक्षामन्त्री पाेखरेलले सेती प्राविधिक शिक्षालयकाे अवस्था अध्ययन गरे | त्यसपछि सिलगढिमा देखिने विभिन्न राजनीति दलका प्रमुख तथा प्रतिनिधिहरु डाेटिकाे गुनासो सुन्छन। डाेटिका राजनीति दलहरुकाे एक मात्र माग थियो डाेटिबाट राजधानी सारिएपछि राजधानी बराबरको विकास परियोजना चाहियो उहाँ मन्द मुस्काउनु भयो साथै पोखरेल सरल स्वभावका धनि पुर्व शिक्षा मन्त्री ६ बर्षपछि डाेटि पुग्नु भएको हो ।
सोही क्रममा डाेटि क्याम्पस पुगेका पुर्व शिक्षा मन्त्री पाेखरेलले भवनको अवलोकन गर्नु भयो ।
भवन भव्य छन् तत्काल कक्षा सुरु गर्नुस् मैले तत्काल पहल गर्ने काम गर्छु भन्दै विश्व विधालय अनुदान आयोग युसिपिका अध्यक्ष डाक्टर देव राज अधिकारीलाई संक्षिप्त फाेन गर्नु भयो ।
डाेटिका माननीय,जनप्रतिनिधिहरु क्याम्पसका प्राध्यापकहरु र राजनीति दलका प्रतिनिधिहरु सामु उहाँले फाेन गरि के कसरी कक्षा संचालन गर्नु परयाे ? डाेटि क्याम्पसले तपाईंलाई कस्तो पत्रलेख्नु परयाे ? भवन भव्य छ, हामीले तस्बिरहरू पनि खिच्याै त्यसकारण कक्षा संचालनका लागि पहल गर्नु परयाे भन्नू भएको भिडियो सामाजिक संजालमा हिजोआज भाइरल छ।
डाेटि बहुमुखी क्याम्पसमा दिपायल सिलगढि नगर प्रमुख बाजि सिङ खड्का, जिल्ला समन्वय प्रमुख लक्ष्मण सिङ,क्याम्पस प्रमुख दिलानन्द जैशि शैलेश्वरि मन्दिरका पुजारी प्रेम शंकर भट्ट विभिन्न राजनीति दलका प्रमुख तथा प्रतिनिधि तथा बिधार्थिहरु सहभागी कार्यक्रम सम्बाेधन गर्नु भयो । सबैको तर्फबाट तारिफ पाउनु भएका पुर्व मन्त्रीले खप्तड इन्जिनियरिङ क्याम्पसकाे आधार भनेको प्राविधिक धारका विधार्थि माविबाट थालनी गरेको खण्डमा राम्रो हुने उहाँले बताउनुभयो अन्यथा खप्तड इन्जिनियरिङ पढ्न अन्य ६ वटा प्रदेशका बिधार्थि पुग्नेछन् भन्दै महत्त्वपूर्ण सुझाव दिएर जानू भएको थियो । डिपायल-सिलगढ़ी नगर पालिकामा डोटि जिल्लाको पार्टी प्रशिक्षण तथा बैठक मा समेत उहाँ सहभागी भई पार्टी नेताकार्यकर्ता हरुलाई प्रशिक्षण समेत दिनुभयकों थियो |