डडेल्धुरा । कृषि ज्ञानकेन्द्र डडेल्धुराले जिल्ला सदरमुकाममा बजार अनुगमन गरेको छ। आइतबार जिल्लाको सदरमुकाम स्थित अमरढी नगरपालिकामा रहेका कृषि तथा पशु एग्रोभेट हरुमामा अनुगमन गरिएको थियो। जिल्ला सदरमुकाम स्थित कृतिपुर,बागबजार र बगरकोट रोडमा रहेका एग्रोभेटरुमा अनुगमन गरिएको कृषि ज्ञान केन्द्र डडेल्धुराका कार्यालय प्रमुख खेमराज पनेरुले बताउनुभयो ।
अनुगमनमा म्याद नाघेका बिषादी तथा औसधिहरु,प्रयोग गर्न नमिल्ने र प्रतिबन्धित बिषादी,एग्रोभेट सञ्चालकको नियमित करचुक्ता,सम्बन्धि निकायबाट सञ्चालन अनुमति लगायतको अनुगमन गरिएको कार्यालय प्रमुख पनेरुले बताउनुभयो ।
अनुगमनका क्रममा बगरकोट रोड स्थित पारस एग्रोभेटमा नियम बिपरित केही म्याद नाघिसकेका औसधि राखीएको पाइएको थियो भने सोही पसलमा अण्डा र कुखुराको आहारा (दाना) पनि भण्डारण गरि राखिएको पाइएको थियो। बिषादीजस्तो मानव स्वास्थ्यका लागि संवेदनशील चिजसँग खाद्यबस्तु सँगै राख्न नमिल्ने र त्यस्ता चिज मानव स्वास्थ्यका लागि प्रतिकुल हुने हुँदा आगामी दिनमा त्यसो नगर्ने गरि पहिलोपटक सचेतिकरण गरिएको र म्याद नाघेका औसधिहरु संबंधित औसधि उत्पादक कम्पनी मा फिर्ता गर्ने गरि पहिलोपटक सचेत गरिएको प्रमुख पनेरुले बताउनुभयो । उहाँका अनुसार बजारस्थित अन्य एग्रोभेटहरु लाई मापदण्ड अनुरुप संचालन गर्न सचेत तथा सुझावसल्लाह दीईएको थियो ।
सरकारले मानव स्वास्थ्यमा प्रतिकुल असर गर्ने र प्रयोग गर्न नमिल्नेबऔसधिहरु बिक्रीवितरण भएनभएको,म्याद समाप्त भएका औसधि हरु बिक्रीवितरण भएनभएको,मापदण्ड अनुसारले औसधि भण्डारण तथा बिक्रीवितरण भएनभएको लगायतका बिषयमा बजार अनुगमन गर्ने गरेको उहाँले बताउनुभयो । अनुगमनमा कृषि ज्ञान केन्न्द्र,जिल्ला प्रशासन कार्यालय,जिल्ला प्रहरी कार्यालय,संचारकर्मी,उद्योगबाणिज्य संघ लगायत सरोकारवाला हरुको सहभागीतामा गरिएको थियो।