डडेल्धुरा - अछामको बयलपाट अस्पतालको अनुगमनमा पुगेका पुर्व स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेललाइ आइतबार स्थानीय ले सम्मान गरेका छन। पहिलो संविधानसभाको चुनाव गराउनको लागी गिरिजाप्रसाद कोइराला नेतृत्वको अन्तरिम सरकारमा स्वास्थमन्त्रालयको नेतृत्व गर्नुभएका पोखरेलले त्यति खेर स्वास्थ क्षेत्र लाई समग्र अधिकारबादी दृष्टिकोणको आधारमा लैजाने काम गर्नुभएको थियो । उप-स्वास्थ चौकीहरु लाई स्वास्थचौकीमा बदल्ने र प्राथमिक स्वास्थ केन्द्रहरुमा डाक्टर पुर्याउने लगायतका उल्लेखनीय कामहरु गर्नुभएको थियो । त्यही बेलामा पोखरेलले अन्तरिम स्वास्थ नीति पनि जारी गरिएको थियो।
त्यति खेर गरिएका केहि सम्झनयोग्य काम मध्य अछामको बयलपाटामा एउटा अस्पताल बनाउने काम पनि गर्नुभएको थियो। अमेरिकामा बसोबास गरेका नेपालीहरुको सहयोग र न्याय हेल्थ नेपालको लगानीमा साझेदारी मोडेलमा अस्पताल संचालन गर्ने निर्णय गर्नुभएको थियो । स्वास्थ्य मन्त्रालयका माथिल्लो तहका कर्मचारीको चलखेल र असहयोगका बाबजुत त्यसको नितिगत निर्णय गर्न धेरै गाह्रो परेको भएपनि मन्त्रीको आदेश र हस्तछेप ले अस्पताल बनाउने कार्य अगाडि बढेको अस्पतालका प्रमुख अमृत खनालले बताए।
सोही सन्दर्भमा बयलपाटामा एउटा अस्पताल बनाएकोमा अछामी जनताले पूर्व स्वास्थ्य मन्त्री पोखरेलको योगदानको उच्च कदर गर्ने गरेको स्थानीय बुद्धिजीविहरु बताउँछन |
वयलपाटा अस्पताल बि सं १९९७ सालमा आयुर्वेदालयको रुपमा स्थापना भइ सन्चालनमा आएको थियो | बी सं २०३९ सालमा अस्पतालका भौतिक संरचनाहरुको निर्माण कार्य शुरु गरिएको भएपनि विभिन्न राजनीतिक तथा प्रशासनिक र नीतिगत कारणले अस्पतालले शैल्यकृया लगायतका सेवाहरु दिन सकेको थिएन। २०६५ सालमा एक गैरसरकारी संस्था न्याय हेल्थ नेपालको लगानी र अमेरिकामा बसेका नेपालीहरुको सहयोगमा एउटा साझेदारी मोडेलमा स्वास्थ्य मन्त्रालयले अस्पताल संचालनका लागि नीतिगत निर्णय सहित अनुमति दिएको अस्पतालका प्रमुख अमृत खनालले बताए | उनले भने भने "अस्पताल संचालनका लागि तत्कालीन स्वास्थ्यमन्त्री गिरिराजमणी पोखरेलको अतुलनीय योगदान रहेको थियो । त्यसकारण पनि प्रत्येक बर्ष स्थापना दिवसमा पुर्वमन्त्री पोखरेललाई सम्झने गरेको सुनाए ।
जिल्लाका कतिपय आफुलाइ ठुलै हुँ भन्नेहरुले उहाँको योगदानको बारेमा सुनाउँदा नाक खुम्च्याउने गरेको उनले सुनाए, । उनले भने सेवा विस्तार र संचालन गर्न मन्त्रालयका सचीव लगायत डाइरेक्टर हरुले ठूलो चलखेलको योजना बनाएका थिए तर मन्त्री ज्यूको सिधै आदेश र हस्ताचहेपले गर्दा प्रक्रियाले मुहूर्त रूप लिएको थियो ।
सोही योगदानले गर्दा अहिलेपनि वयलपाटा अस्पतालमा भित्र प्रवेश देखि बाहिर निस्किँदा सम्पुर्ण सेवाहरु निशुल्क रहेको उनले बताए | केही बर्ष पहिले बिरामी र बिरामी कुरुवालाई समेत निशुल्क खाना दिने व्यवस्था रहेको थियो ।
अस्पतालका प्रमुख खनालका अनुसार उक्त अस्पताल बिश्वकै नमुना मोडेल रेम्ड अफ प्रविधि (युएस मोडेलबाट) बनेका भवन संरचना रहेका छन। जसको कारण अस्पताल लाई उत्कृष्ट सहित सम्मानित भएको थियो।
सोही अवसरमा अस्पताल परिसरमा पूर्व स्वास्थ्यमन्त्री ले आफनो छोटो भनाइ राख्दै भने "पहिलो संविधानसभाको चुनाव गराउनको लागी गिरिजाप्रसाद कोइराला नेतृत्वको अन्तरिम सरकारमा मैले स्वास्थमन्त्रालयको नेतृत्व गर्ने अवसर पाएको थिए। त्यति खेर स्वास्थ क्षेत्र लाई समग्र अधिकारबादी दृष्टिकोणको आधारमा लैजाने काम गरिएको थियो। उप-स्वास्थ चौकीहरु लाई स्वास्थचौकीमा बदल्ने र प्राथमिक स्वास्थ केन्द्रहरुमा डाक्टर पुर्याउने लगायतका उल्लेखनीय कामहरु भएका थिए। त्यही बेलामा अन्तरिम स्वास्थ नीति जारी गरिएको थियो। त्यति खेर गरिएका केहि सम्झनयोग्य काम मध्ये अछामको बयलपाटामा एउटा अस्पताल बनाउने काम पनि थियो। अमेरिकामा बसेका नेपालीहरुको सहयोग र न्याय हेल्थ नेपालको लगानीमा एउटा साझेदारी मोडेलमा संचालन गर्ने काम गरियो। त्यसको नितिगत निर्णय गर्न धेरै गाह्रो परेको थियो ।
स्वास्थ मन्त्रालयको कर्मचारी नेतृत्व सकारात्मक थिएन।आज सोह्र बर्ष पछि बयलपाटा अस्पतालमा आफै पुगेर अवलोकन गर्न पाउदाखेरी धेरै खुसी लागेको छ् सुदुरपश्चिम् का पहाडी जिल्ला र कर्णाली प्रदेश जिल्ला लाई पनि सेवा दिई रहेको यो अस्पतालले एक समय कुरुवा लाई समेत खानाको ब्यवस्था गरेको र अहिले पनि सेवाहरु निशुल्क गरेको थाहा पाउदा खेरी स्वास्थको जिम्मेवारी राज्यले लिनुपर्छ भनेर त्यस्को पैरवी गरि रहने एउटा सस्थाको रुपमा यो अस्पतालले दिईरहेको सेवा हेर्दा एउटा खुसी लागेको छ् र अरुले पनि सिक्न लायक छ।
हामीले पन्ध्र बेडको अस्पतालको रुपमा यसलाई अगाडि बढाएका थियौं। अहिले पचास बेडको अस्पतालको रुपमा यसलाई स्तरोन्नति गरेको रहेछ। यस्ता अस्पताल लाई संघ र प्रदेशले पनि दर्हो सहयोग गर्नुपर्छ। पहिले को सदरमुकाम मंगलसेनमा सरेको पृष्ठभुमिमा असन्तुष्ट जनताको भावना लाई समेट्न एउटा स्वास्थ सस्था खोल्ने निर्णय भए पनि त्यस लाई साच्चै ब्यवहारिक ढंगले कार्यान्वयन गर्ने ठिक काम हामीले गरेका रहेछौं आजको अवलोकन पछि अनुभुती भयो "।
https://youtu.be/1K-LVDZwR2M