डडेल्धुरा - कृषि ज्ञानकेन्द्र डडेल्धुराले जिल्ला सदरमुकाम स्थित अमरगढी नगरपालिकामा रहेका विभिन्न कृषि तथा तरकारी फर्महरुको संयुक्त अनुगमन गरेको छ। ज्ञानकेन्द्र डडेल्धुराको समन्वयमा जिल्लास्थित राजनीतिक दल,सरोकारवाला सरकारी तथा गैह्रसरकारी कार्यालय,संचारकर्मी,संघसंस्थाका प्रतिनिधी,जनप्रतिनिधिहरु तिनै तहका सुरक्षा निकायका प्रमुखहरु सम्मीलित टोलिले संयुक्त अनुगमन गरेको कृषि ज्ञानकेन्द्र डडेल्धुराका कार्यालय प्रमुख खेमराज पनेरुले बताउनुभयो।
अनुगमनका क्रममा बुधबार अमरगढी नगरपालिका वडा नम्बर ५ स्थित श्री अशिग्राम कृषि तथा पशुपंछी पालन कृषक समूह सेलागाउँ,श्री गडलेक बहुउद्देश्यीय कृषि फर्म अमरगढी ८ मा रहेको कृषि तथा पशुपंछी फर्म तथा सोही नगरपालिका वडा नम्बर ३ स्थित डोटि घटाल क्लस्टरमा संयुक्त अनुगमन गरिएको हो।
सेलागाउँ क्लस्टरमा जलवायु मैत्री नमुना कृषि गाउँ कार्यक्रम अन्तरगत १२ हेक्टर जमिनमा कृषि ज्ञान केन्द्र,ली-बर्ड,आइ.डि.इ.एस र समुदायको संयुक्त करिब १२ लाखको लगानिमा ब्यबसायिक कृषि खेती गरिरहेका छन। सो समुहका कृषकलाई ४० क्विन्टल आलुको बीउ अनुदानमा उपलब्ध गराइएको थियो भने सोही परिणाममा कृषकले स्व लगानिमा लगाइ खेती सुरु गरेको जनाइएको छ।
यसैगरी २५ वटा पोलिहाउस बितरण तथा जलबायु मैत्री तालिम पनि दिइएको थियो। सोही कार्यक्रम अन्तर्गत कृषक भ्रमण तथा अनुभव आदानप्रदान कार्यक्रम गरेको समुहका सचीव टेकराज अवस्थिले जानकारी दिए। अवस्थिका अनुसार कृषक समुहलाइ सिँचाइ डिभिजन कार्यालय डडेल्धुरा ले तरकारी सिँचाइका लागि ३ वटा पोखरी निर्माण गरेको छ भने अमरगढी नगरपालिका कृषि शाखा ले पनि सहयोग गरेको उनले जानकारी दिए।
बाँदर,बँदेल जस्ता जंगली जनावर तथा छाडा चौपायाको आतंक बाट बच्न तारजालीको समस्या,सिँचाइको अभाव,तरकारीमा लाग्ने रोगकिरा,तरकारी संकलन केन्द्र लगायत विविध समस्याका बिचबाट कृषि व्यबसाय गर्दै आएको कृषकहरुले दुखेसो गरेका थिए । साथै उत्पादन बृद्धि गर्न उन्नत बिउको ब्यबस्था हुनुपर्नेमा माग गरेका छन।
कृषि ज्ञानकेन्द्रले किसान लक्षित कार्यक्रम सहित नमुना कृषि गाउँ स्थापना गरेपछी खेतबारी बाँझो राखेर तराईतिर बसोबास गरेकाहरु पनि अहिले गाउँमै फर्केर विभिन्न किसिमका मौसमी तथा बेमौसमी तरकारी खेती गर्दै मनग्य आम्दानी गर्ने गरेको बताए ।
उत्पादित कृषि उपजहरु बजारसम्म लैजान पक्की बाटोघाटो,किसानहरुलाइ ब्यबासायिक सीप दक्षता अभिवृद्धि सम्बन्धि तालिम आवस्यक रहेको समुहका सचीव अवस्थीले बताए । सोही अवसरमा गार्ड्लेक कृषि तथा पशुपंछी फर्म वडा नम्बर ८ मा रहेको कृषि फर्मको पनि अनुगमन गरिएको थियो । करिब १०० रोपनी बराबरको जमिन किनेर तरकारी खेती सुरु गरिएको उक्त फर्म एकल फर्म रहेको छ । उक्त फर्ममा विभिन्न प्रकारका मौसमी तथा बेमौसमी तरकारी खेती सुरु गर्न थालीएको छ।
अमरगढी नगरपालिका वडा नम्बर ३ स्थित डोटि घटाल क्लस्टरमा प्रधानमन्त्री कृषि आधुनिक परियोजनाको सहयोगमा आलुखेती पकेट क्षेत्रको पनि अनुगमन गरिएको थियो। डोटि घटाल क्षेत्रमा मात्र आलु सुपरजोनले जम्मा ९६ क्विन्टल आलुको बीउ अनुदानमा बाँडेको र कम्तिमा २०० क्विन्टल किसानहरूले गरि करिब ३०० क्विन्टल आलुको बीउ लगाइएकोछ ।
अनुगमनका क्रममा सुदूरपश्चिम प्रदेश सभा सदस्य माननीय सरस्वती खडकाले कृषकले उत्पादन गरेको बस्तुले उचित मूल्य पाउनुपर्ने, अनुदानका कार्यक्रम वास्तविक किसानले पाउनुपर्ने तथा विभिन्न निकायहरूबाट बितरण गरिएका अनुदानको सहि सदुपयोगका लागि संयुक्त अनुगमन निरन्तर गर्नुपर्ने धारणा राख्नुभयो।
Se