पुर्व शिक्षा मन्त्री तथा नेकपा माओवादी केन्द्रका उपमहासचिव,माओवादी केन्द्रका सुदूरपश्चिम प्रदेश इन्चार्ज गिरिराजमणि पोखरेलले डडेल्धुरा स्थित अमरगढी नगरपालिका वडा नम्बर ७ मा रहेको श्री उग्रतारा माध्यमिक बिद्यालय पोखराको अनुगमन गर्नुभएको छ। अमगगढी ७ पोखरामा रहेको उक्त विद्यालय पोखरेल शिक्षा मन्त्री रहँदा नमुना विद्यालय घोषणा गरिएको थियो।
पोखरेलको मन्त्रीत्व कालमा सो विद्यालयलाइ जिल्लाकै नमुना विद्यालय घोषणा गरेकोमा विद्यालय व्यबस्थापन समिति र विद्यालय परिवारले स्वागत तथा अनुगमनका लागि विद्यालयमा आमन्त्रण गरेको थियो। सोही अवसरमा पुर्वमन्त्री पोखरेललाइ विद्यालयले स्वागत गरेको थियो भने पोखरेलले विद्यालयको अनुगमन गर्नुभएको हो।
बि सं २०१२ सालमा स्थापना भइ गुरुकुल शिक्षाको पढाइलेखाइ बाट सुरुवात गरिएको विद्यालय हाल जिल्लाकै नमुना विद्यालयको रुपमा स्थापित रहेको उक्त विद्यालयका प्रधानाध्यापक रामदत्त जोशीले बताउनुभयो । विभिन्न अफ्ट्यारा र अभावका बिचबाट बनेको बिद्यालयलाई नमुना बनाउन माननीय शिक्षा मन्त्री गिरिराजमणि पोख्रेलको तथा तत्कालीन अमरगढी नगरपालिकाका नगरप्रमुख बिपिन ओझा को प्रयासले नमुना बिद्यालय बनाउन सफल भएको प्रधानाध्यापक जोशीले बताउनुभयो।
बिद्यालय नमुना विकास कार्यक्रम अन्तरगत बिद्यालयमा कम्प्युटर शिक्षा,बालबालिका का लागि LED बाट पढाइ गर्ने कार्यक्रम, प्रोजेक्टर लगायत विभिन्न माध्यमबाट पढाइ सञ्चालन गरिएको जोशीले बताउनुभयो । नमुना बिद्यालय घोषणा गर्दा मन्त्रीको ठूलो भुमिका रहेको निबर्तमान नगरप्रमुख बिपिन ओझाको भनाइ थियो । सरकारको एउटा जिल्लामा एउटा मात्रै नमुना विद्यालय बनाउने मापदण्ड र निति भएपनी मन्त्रीले अति आवस्यकताको महसुस गर्दै स्थानीय जनताहरुको आवाजको कदर गर्दै सो विद्यालयलाइ नमुना घोषणा गरिएको थियो। त्यसअघि जिल्लामा बालकल्याण मा.वि पुइलेक जिल्लाको नमुना विद्यालय घोषणा गरिएको थियो।
पोखरेल मन्त्री रहेकै बेला डडेल्धुरा अमगगढी बहुप्राविधिक शिक्षालयलाइ स्वीकृत प्रदान समेत गर्नुभएको थियो। डडेल्धुराको शिक्षा र स्वास्थ्यको क्षेत्रमा महत्त्वपूर्ण सहयोग गरेकोमा पुर्व मन्त्री प्रती विद्यालय व्यबस्थापन समिती,जनप्रतिनिधि शिक्षकहरुले धन्यवाद ज्ञापन समेत गरेका छन। विद्यालयको उन्नति,प्रगति तथा समग्र विद्यालयको विकासका लागि आफू सँधै प्रतिवद्ध रहेको जिल्ला समन्वय प्रमुख गगन भण्डारीले बताउनुभयो ।
सोही अवसरमा पुर्व मन्त्री पोखरेलले शिक्षालाई मौलिक हकको रूपमा संविधानमा राखिएकाले कक्षा १२ सम्म निशुल्क शिक्षा प्रदान गर्ने प्रक्रिया क्रमिक रुपले अगाडी बढ्ने बताउनुभयो। उहाँले देशभरमा एक हजार वटा बुढानिलकण्ठ सरहका विद्यालय बनाउने लक्ष अन्तरगत नमुना विद्यालयको अवधारणा ल्याइएको बताउनुभयो। दुइपल्ट शिक्षा मन्त्रालयको नेतृत्व गरेका मन्त्रीले डिग्रीको सर्टिफिकेट केवल देश बाहिर जानका लागि प्रयोग भैरहेका बताउनुभयो । रोजगारमुलक,उत्पादनमुलक शिक्षाले मात्र बिदेश पलायन बाट रोक्न सकिने बताउनुभयो ।
उहाँले भन्नुभयो, धनी र गरिवका छोराछोरी एउटै बेन्चमा बसेर पढ्ने खालको शिक्षा निति बनाउनेतर्फ लाग्नुपर्छ । नमुना विद्यालयहरुले अब कालोपाटीमा पढाउने मोडेल बदलेर प्रोजेक्ट बेसमा आधारित बनाउनुपर्छ। प्राविधिक धारका बिद्यालयहरु प्रविधिमैत्री पनि हुनुपर्ने विचार व्यक्त गर्नुभयो।
पोखरेल स्वास्थ्य तथा जनसंख्या मन्त्री हुँदा पनि तत्कालीन डडेल्धुरामा रहेको टिम अस्पताल जुन HDCS भन्ने संस्थाले चलाइरहेको थियो सो बाट उपक्षेत्रीय अस्पताल बनाएर सरकार मातहतमा ल्याइएको थियो जुन मोडेलबाट हाल विशेषज्ञ सेवासहितको अस्पतालको मोडेलमा अगाडी बढिरहेको छ।