डडेल्धुरामा लैंगिक उत्तरदायी बजेट अवधारणा र कोडिङ कार्यशाला गोष्ठी शुरु भएको छ। सुदूरपश्चिम प्रदेश नीति तथा योजना आयोग आयोजक र "सशक्त महिला समृद्ध नेपाल" र United Nations Nepal सह-आयोज रहेको कार्यक्रम आइतबार डडेल्धुराको रातोगुराँस रिसोर्टमा शुरु भएको हो।
कार्यक्रमको अध्यक्षता संस्थाका सुदूरपश्चिम प्रदेश अध्यक्ष गणेश बिकले गर्नुभएको थियो भने प्रमुख अतिथि दिपायल-सिलगढी नगरपालिकाका नगरप्रमुख बाजी सिंह खडका रहनुभएको थियो । प्रदेश नीति तथा योजना आयोगका सचिव पदमराज जोशीले सहभागीहरु लाई स्वागत गर्नुभएको थियो । कार्यक्रममा Un women का कार्यक्रम प्रमुख सन्तोष आचार्यले कार्यक्रम र बिषयबस्तु बारे प्रष्ट पार्नुभएको थियो।
सोहि कार्यक्रममा सुदुरपश्चिम प्रदेश अन्तर्गतका विभिन्न १० वटा स्थानिय तहहरु / पालिकाहरु दिपायल-सिलगढी नगरपालिका, बेलौरी नगरपालिका, गोदावरी नगरपालिका, चुरे गाउँपालिका, दुर्गाथली गाउँपालिका, खप्तडछान्ना गाउँपालिका, मस्टा गाउँपालिका र जोरायल गाउँपालिकाका प्रमुख, उप–प्रमुख, प्रमुख प्रशासकिय अधिकृत लेखा शाखा प्रमुख तथा आइटी शाखाका प्रमुखहरुको सहभागिता रहेको छ ।
युरोपनि युनियन, युनाईटेड नेसन्स नेपाल र नेपाल सरकारको साझेदारीमा संञ्चालन भइरहेको “सशक्त महिला समृद्ध नेपाल” कार्यक्रम लागू भएका सुदूरपश्चिमका ५ जिल्लाका १० वटा स्थानिय तहमा संञ्चालन भइरहेको आयोजक संस्थाले जनाएको छ ।
दुइदिने कार्यक्रममा लैङ्गिक समानता हाँसिल गर्ने र सबै महिला तथा किशोरीहरुलाइ सशक्त बनाउने,समान कामको लागि दिइने ज्यालाको भेदभावको उन्मुलन,भौतिक / यौन हिंसाको उन्मुलन,बाल,कम उमेर र जबर्जस्ती विवाह र छाउपडी जस्ता सबै खालका कुप्रथाहरुको उन्मुलन,राज्यका हरेको निकायहरूमा महिलाको ३३% पुर्याउने परिमाणात्मक विषयहरुमा छलफल गरिने छ।
यसका साथै योजना तर्जुमा र कार्यान्वयनमा महिला सहभागीता,महिलाको क्षमता अभिवृद्धि ,महिलाहरुलाइ रोजगारी स्वरोजगार र आयआर्जनमा अभिवृद्धि गर्ने लगायत बिषयहरुमा छलफल सहित प्रतिबद्धता गराइने आयोजकले जनाएको छ।