कैलाली , २८ जेठ कैलाली, गौरीगंगा नगरपालिकामा अवस्थित गौरीगंगा साझेदारी वन उपभोक्ता समूहको क्षेत्र भित्रका खोला खोल्सामा ढलेका रुख काट्न वन दौडधूप सुरुभएको छ । गौरीगंगा साझेदारी वन उपभोक्ता समूहले नियमित प्रकृयामा गएर छपान भइ कटान सहमति माग गर्दा डिभिजन वन कार्यालय धनगढीका प्रमुख रामचन्द्र कडेलले कटानका लागि कानुनि समय सकिएको भनि कटान सहमति नदिएकोमा हाल आएर चोरबाटोबाट रुख काट्न लागि परेका छन् ।
कानुनी समयसिमा सकिए पनि सव डिभिजन वन कार्यालय मसुरियाका सहायक वन अधिकृत भरत शाहले भने "वनकाे बिधान अनुसार काम कारबाही भइरहेको र हाल ३५१ रुख नदि खाेलामा रहेकाे चाेर कटानि गर्दागर्दै पक्राउ परेका काठ १३१७ क्युफिट रहेकाे । करिव २ सय बढि रुखहरु डढेर गएकाले तीन बर्षबाट काठ संकलन हुन नसकेकाले ति काठ संकलनको तयारीमा रहेको बताए " वन ऐन २०७६ र नियमावली २०७९ मा भएको व्यवस्थाको आफ्नो अनुकुल भाष्य बनाएर साझेदारी वन क्षेत्र लगाएत खोला खोल्सामा रहेका ढलेका रुख काट्न अबैध तरिकाले वन कर्मचारी सहितको समुह लागिपरेका हुन ।
संघिय वन ऐन तथा नियमावली भन्दा बाहिर गइ रुख कटानको प्रकृया थालनी हुनुले प्रचलित कानुनको अवज्ञा गर्ने कार्य भएको छ । गौरीगंगा साझेदारी वन को निर्वाचित समितिलाई २०८० साल असार २३ गते देविदत्त कडेल र सव डिभिजन प्रमुख भरत शाह समेतको उपस्थितिमा वन नियमावली २०७९ बमोजिम निर्वाचित समितिलाई तदर्थ बनाए अपदस्त गर्ने कार्य सत्ता र शक्तिको दुरुपयोग गरेकाे समुहका सदस्यहरुले बताएका छन ।
हाल खोला खोल्सामा ढलेका रुख काट्न सो निर्वाचित समितिलाई ढालेर आफनो अनुकुल परिचालित हुने कठपुतली समिति बनाउने कार्यमा सव डिभिजन कार्यालय मसुरियाका सहायक वन अधिकृत भरत शाहले खेलेको भूमिकाले अहिले आएर कानुनी समयसिमा सकिएपछि रुख कटानको योजना बनाउन लागिपरे पछि अबैध तरिकाले बनाइएको समितिको विवाद छताछुल्ल भएको छ ।
साझेदारी वन उपभोक्ता समूहको विवादित पक्ष गौरीगंगा साझेदारी वन उपभोक्ता समूहको वडा प्रतिनिधि तथा गौरीगंगा साझेदारी वन उपभोक्ता समूहको समुह प्रतिनिधि सदस्य वन नियमावली २०७९ को परिच्छेद ७ को नियम ५६ (१०) ले व्यवस्था गरे अनुसार छनोट भएका प्रतिनिधिहरूको मिति २०७९/१०/१८ को समुहको साधारण सभाले पारित कार्यविधि अनुसार सम्पुर्ण समुह प्रतिनिधि सदस्यहरुको सर्वसहमतिबाट मिति २०७९/१०/२० कानुन सम्मत रुपमा गौरीगंगा साझेदारी वन उपभोक्ता समूहको समुह अध्यक्षमा अर्जुन प्रसाद सापकोटा चयन भएका थिए । २०७९/१०/ २२ गते उपाध्यक्ष सहित समुह पदाधिकारीहरुको निर्वाचन भएको थियो ।
पदाधिकारी चयन प्रक्रियामा जनप्रतिनिधिहरुले समेत भाग लिएका थिए । तर पदेन समुह जनप्रतिनिधिहरुले मताधिकारको मांग राखि दिएको निवेदन माथि डिभिजन वन कार्यालय धनगढीले मिति २०८०/३/३ गतेमा डिसन कार्कीको नेतृत्वमा ३ सदसिय टोलीले दिएको प्रतिवेदनमा समेत मिति २०७९/१०/२० गौरीगंगा साझेदारी वन उपभोक्ता समूहको समुह अध्यक्षमा अर्जुन प्रसाद सापकोटा नियमावली संवत् भएको तर मिति २२ गते भएको उपाध्यक्ष लगायत पदाधिकारीको मताधिकार हुनुपर्नेमा कानुनसम्मत नभएको र पदेन प्रतिनिधिलाई आफ्नो मतको प्रतिनिधित्व सम्बन्धमा विधानतह प्रस्ट हुन नसकेको राय दिएको थियो ।
मिति २०८० असार २३ गते गौरीगंगा नगरपालिकाका नगर प्रमुख देविदत्त कडेलको अध्यक्षतामा बसेको बैठकले सरोकारवाला राजनीतिक दल प्रतिनिधिको उपस्थितिमा समुह विवाद हल गर्नको लागि निर्वाचित समितिलाई तदर्थ समिती बनाउने स्थानिय सरकार र राजनीतिक दलहरुको निर्णय गैर कानुनी र क्षेत्राधिकार भन्दा बाहिर गएर निर्णय गर्नु नै सत्ता र शक्तिको दुरुपयोग भएको स्थानीयको भनाइ छ ।
वन नियमावली २०७९ को परिच्छेद ५६ को नियम १०ले व्यवस्था गरे अनुसार क,ख,ग बमोजिम छनोट भई आएका प्रतिनिधि बाट नियम १२ उप नियम १० खण्ड क बमोजिमका सदस्य मध्यबाट छनोट भएका व्यक्ति साझेदारी वन उपभोक्ता समुहको समुह अध्यक्षमा अर्जुन प्रसाद सापकोटा चयन भएको वैधानिकता लाई सव डिभिजन वन कार्यालय मसुरिया र गौरीगंगा नगरपालिकाले कानुनको बर्खिलाप गरेको देखिन्छ । समुहको २०८०/७/२३ गते साधारण सभाबाट मलाई (अर्जुन प्रसाद सापकोटालाई) हटाउन मिल्ने त थिएन तर सत्ता शक्तिको आडमा वनको मौजुदा कानुनमा उल्लेख व्यवस्थाको विपरित कार्य गरेको सापकोटा बताउछन् । सापकोटा भन्छन वन नियमावली २०७९ को परिच्छेद ७ को नियम ६६ को उपनियम ७ (४) अनुसार मात्र गर्नुपर्ने भए पनि बिनाकारण मलाई अध्यक्षबाट हटाए ।