डकुमेन्ट्री ओपन स्कुल ले चलचित्र निर्माण तथा फोटोग्राफी सम्बन्धि तालिम सञ्चालन गर्ने भएको छ । डकुमेन्ट्री ओपन स्कुलको आयोजनामा ३ महिना सम्म संचालन हुने तालिम मिडियामा अभिरुचि भएका नव पुस्ता तथा पत्रकारिता पेशामा वर्षो सम्म निखारिएका तर डकुमेन्ट्री फिल्म सिक्ने हुटहुटी भएका देशभरका पत्रकारहरुको लागि तालिम आयोजना गर्न थालिएको हो ।
तालिम अनलाईन बाट ४५ - ६० मिनेट को सेसन मार्फत हप्ताको २ - ३ पटक सम्म आयोजना हुनेछ।
यी सेसनहरु विषयगत र प्राविधिक गरी विभाजन गरिनेछ। सबै सहभागिले समान स्तरमा सहभागि जनाउन सकुन् भनि अनलाईन सेसनमा संलग्न हुन नसक्ने सहभागिहरुका लागि हरेक सेसनको भिडियो तालिम अवधि भरका लागि उपलब्ध हुनेछ। यसमा विषयगत जानकारी मुलक कक्षा ,प्राविधिक शिपमुखि कक्षा सहभागि बिच सामाग्रि आदान प्रदान र मुल्याक्ङ्कन मार्फत हुने सिकाई ,व्यक्तिगत गरिने अभ्यासहरु,भौतिक सहभागितामा कार्यशाला आयोजना हुने छ ।
भिडियोलाई विश्व प्रसंगमा बुझ्न आवस्यक ज्ञान का साथै समुदायमा सहजै उपलब्ध हुने सामाग्रि मार्फत भिडियो निर्माणका लागि आवस्यक शिपमा जोड दिइनेछ
फोटोग्राफी को प्रारम्भिक जानकारी (अभ्यास सहित),डकुमेन्टरि फिल्म, कथानक चलचित्र को परिचय, इतिहास ,डकुमेन्टरि विधा को बृहत अध्ययन
वस्तुपरक समाचार सामाग्रि निर्माण (अभ्यास सहित),भिडियोमा कथाङ्कन, भिडियो संरचना, भिडियो छायाङ्कन र सम्पादन (अभ्यास सहित),रेडियो स्टेसन अनतर्गत भिडियो निर्माण र प्रसारणको सीप प्रदान गरिने छ ।
यो तालिम १८ बर्ष पुगेका सबै नेपालि नागरिकका लागि खुला छ। तालिम लिन न्युनतम एसईइ पास गरेको हुनपर्नेछ।
३ महिने डिजिटल फिल्ममेकिङ तालिम नेपाल भरी तिब्र स्थापना भइरहेका अनलाईन पत्र पत्रिका माध्यम र सामुदायिक रेडियोहरु / टेलिभिजिन, अन्लाईन टिभी लाई मध्यनजर गरी तालिम आयोजना हुन् लागेको हो। यो तालिम १० दिने आवासिय कार्यशाला का अलावा पुणर् अनलाईन बाट आयोजना हुनेछ। तालिमले समुदाय स्तरमा रहि भिडियो निर्माण गर्न र सम्बन्धित संस्थाहरुमा भिडियोकर्मीको रुपमा संलग्न हुन आवस्यक शिप प्रदान गर्नेछ।
तालिममा कुल २० जना सम्मको लागि स्थान छ। थुप्रै आवेदन परेको खण्डमा अनलाईन इन्टरभ्यु मार्फत सहभागि छनौट हुनेछन्।
तालिम अगस्ट महिनाको १ तारिखबाट सञ्चालन हुने भएको छ । सो का लागि आवेदन भर्ने अन्तिम मिति २० जुलाई सम्म रहेको छ।
तालिम सम्बन्धी विस्तृत जानकारीका लागि संयोजक यात्री तिर्थ संग कुराकानी गर्न सक्नेछन् । संम्र्पक ९७०७५०१५४४,९७६७९५६३५७