डाेटिमा धान दिवस कार्यक्रम सम्पन्न भएको छ जलवायु मैत्री कृषि धान उत्पादनमा बृद्वि भन्ने मुल नारा सहित आदर्श १ सालगाउ डाेटिमा धान दिवस कार्यक्रम सम्पन्न भएको हो | कार्यक्रममा प्रमुख अतिथि एवं जिल्ला समन्वय समितिका संयोजक लक्ष्मण बहादुर सिहले सबैजना कृषिमा लाग्नुपर्छ, कृषिमा सबैको उज्ज्वल भविष्य रहेको बताउनुभयो, साे अवसरमा विशिष्ट अतिथि एवं प्रमुख जिल्ला अधिकारी गाेपाल प्रशाद अर्यालले कृषिमा नयाँ प्रविधि जाेड दिदै कम लागतमा बढी भन्दा बढी उत्पादनका जाेड दिन सकेको खण्डमा कृषि क्षेत्र व्यापक हुने बताउनुभयो |
आदर्श गाउँ पालिका उपाध्यक्ष लक्ष्मि राेकायालेे सिचाइ अभावले गर्दा किसानलाई समस्या भएकोले आगामी दिनमा पर्याप्त सिचाइ योजनाका लागि पहल गरिने बताउनुभयो ,कृषि ज्ञान केन्द्र डाेटिका प्रमुख गंगादत्त अवस्थिले स्वागत गर्नु भएको कार्यक्रममा अध्यक्षता आदर्श गाउँ पालिका अध्यक्ष गणेशबहादुर खड्काले गर्नु भएको थियो, डबल भाटले गजल प्रहार गरि राेचकशैलिमा कार्यक्रम संचालन गरेका थिए, धान राेपेर प्रमुख अतिथि तथ विशिष्ट अतिथिहरुले कार्यक्रम उद्घघाटन गर्नु भएको थियो|
कार्यक्रममा कृषि निर्देशनालयका निमित्त हाकिम नरेन्द्र पनेरू ,पत्रकार महासंघका अध्यक्ष माेहन शाही,बाणिज्य संघका अध्यक्ष बिक्रम साउद,जलश्राेत तथा सिचाइ डिभिजन अधिकृत दिपेन्द्र शाह,कृषि शाखा आदर्श प्रमुख खेम राज पाठक,नेपाल प्रहरी प्रमुख बिष्णु हरि काेइराला ,सशस्त्र प्रहरी प्रमुख सुधिर सुवेदी उक्त पालिका विभिन्न वडाका अध्यक्षहरु,कर्मचारी ,राेपाई दिवसकाे अवसरमा सराेकारबालाहरु स्थानीय किसानहरु संस्कृति जगेर्ना गर्ने कलाकारहरु स्थानीय सबैको सहभागीता रहेको थियो।
राेपाई दिवसमा स्थानीय कलाकारहरुले गित गाउदैे ढाेल बजाउँदै गरेको दृश्य राेचक थियो । आदर्श -१ सालगाउका स्थानीय किसान प्रेम खड्काको खेतमा पुगेर राेपाई दिवस गरेको कृषि ज्ञान केन्द्रका प्रमुख गंगा दत्त अवस्थिले बताउनुभयो, कृषि ज्ञान केन्द्रले हरेक बर्ष डाेटिका विभिन्न पालिका किसानको खेतबारीमा पुगेर यसरी राेपाई दिवस मनाउने गरेको हो ।