सबै प्रथा हटे पनि छुवाछूत नहटेको भन्दै डोटीका दलित समुदायले चिन्ता ब्यक्त गरेका छन । डोटीको शिखर नगरपालिका वडा नम्बर १० मा आयोजीत दलितका लागि दलित अभियान कार्यक्रमका वक्ताहरुले यस्तो चिन्ता ब्यक्त गरेका हुन । दलित अगुवा दिपक सदासंकरले सती प्रथा र कमैया प्रथा हटेको बताउदै देशमा ठुला ठुला परिवर्तन भए पनि अझै छुवाछूत प्रथा नहटेको बताए । उनले दलित दलित बिचको छुवाछूत हटाउन पर्ने बताउदै त्यस पछि अन्य समुदायसंग लडन सकिने बताए ।
सम्पूर्ण दलित समुदाय एक भएर यसको अन्त्यका लागी लाग्नु पर्ने बताए । साथै राजनीति आर्थिक सामाजिक शैक्षिक क्षेत्रमा सबल हुनु पर्ने बताए । हामी सबैको ऐक्यबद्धता समृद्ध समाज निर्माणमा हाम्रो प्रतिबद्धता भने मुल नाराकासाथ आयोजीत दलितका लागि दलित अभियान कार्यक्रम शंंकर बिकको सभाध्यक्षतामा सम्पन्न भएको हो । प्रमुख अतिथि शेर बहादुर बिक र विशिष्ट अतिथि खेमा भुल र माया बिक रहेका थिए ।
दलित अगुवा माया बिकले विभिन्न किसिमका सीपमूलक कार्यक्रम सिकेर भए पनि दलित समुदायका महिलाहरूले आर्थिक रुपमा सम्पन्न हुनुपने बताईन । सिलाइ कटाइ तालीम, व्युटीपार्लर तालीम र अन्य तालीमहरु सिकेर भए पनि आत्म निर्भर बन्नु पर्ने उनले बताईन । प्रमुख अतिथि शेर बहादुर बिकले युद्ध लडेर गणतन्त्र ल्याएको भए पनि छुवाछूतको अन्तय नहुनु दुखद बिषय भएको बताए ।
हातहतियार बनाएर युद्धको बेला सहयोग गरेका दलित समुदायले भोग्दै आएको छुवाछूतको पीडा नया गणतान्त्रीक व्यवस्थाले पनि नबुझेको उनले बताए । विभिन्न किसिमका कृषि यन्त्र बनाएर सबैको जीवन चलाएको बताउदै उनले सबैको इज्जत जोगाउने लुगा कपडा सिलाउने सिपका धनी दलितहरुको छुवाछूतको पीडा राज्यले बुझ्नु पर्ने बताए ।
विभिन्न मठमन्दिर र मन्दीरमा बस्ने भगवान बनाउने दलित समुदायलाई राजयले सम्मान गर्नु पर्ने उनले बताए । त्यसैगरी कार्यक्रम का सभाअध्यक्ष संकर बिकले संविधानमा लेखेकोको कुरा लागु नहुनु दुखद विषय भएको बताउदै कानुन बने पनि ब्याभारमा नउतार्दा समस्या ज्यूकात्यू रहेको बताए । उनले कानुन कार्यान्वयनका लागी दलित समुदायले एक जुट हुनु पर्ने बताएदै एक जुट भए जस्तो सुकै युद्ध पनि जित्न सकिने बताए ।
कार्यक्रमका बक्ताहरुले दलित समुदायमा एकताको अभाव भएकाले एकता कायम गरेर आन्त्रिक विभेद हटाउनु पर्ने बताएका थिए । कार्यक्रमको संञ्चालन बिमल नेपालीले गरेका थिए ।