पिर अति पर्यो ए दाजु भाइ,
बर्षाले सबैलाई।
रुवावासी भयो यो पाली सारा,
भेल र बाढी आई।
प्रकृति लिला को भन्न सक्छ,
देैवको खेललाई।
कस्ले रोक्ने कस्ले छेक्ने ,
उर्लिदो भेललाई।।
गाउँहरु बगे पुलहरु बगे,
धेरै नै क्षती भो।
यात्रुहरुको बिचल्नी भयो,
धेरै नै खति भो।
प्रकृति संग के लाग्छ हाम्रो,
जे भए सहने।
उर्लेको भेल केही गरे पनि,
रोकथाम नहुने।।
खोला मिचेर जमिनको लोभले,
घर हरु बनाए।
आज ती घर ढलेर गए,
मिचनेले के पाए।
खोलाको भाग खोलाले आफै,
सिमाना लगाउछ।
नदिलाई थिचो मिचो भएमा,
सबै नै बगाउछ।
खोलाको छेउमा नबसौ अब,
सोच बिचार पुर्याउ।
सबैलाई अब सम्झाई बुझाई,
सजग गराउँ।
भुकम्प आउँछ बाढी आउँछ,
मार पर्छ जन्तालाई।
शुख सयलमा बसेका हुन्छन,
पिर छैन नेतालाई।।
चाड बाड अब नजिक आयो,
यो दशैं तिहार।
महगी उस्तै के गरि गर्ने,
जन्ताले गुजार।
देशमा सरकार छ भन्ने मात्र,
राहत छैन जन्तालाई।
के गरि बाच्ने के गरि जिउने,
ए सारा दाजु भाइ।।
तोयालाल दाहाल ,काकडभिट्टा
झापा