नेकपा माओवादी केन्द्र अजयमेरु गाउँ कमिटीको तेस्रो गाउँपालिका अधिवेशन शुरु भएको छ।
शनिबार जिल्लाको अजयमेरु गाउँपालिकाको सदरमुकाम भद्रपुरमा शुरु भएको तेस्रो अधिवेशनको उदघाटन उक्त कार्यक्रमका प्रमुख अतिथि माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा संविधान सभा सदस्य बिरभान चौधरीले गरेका थिए भने अधिवेशनको अध्यक्षता माओवादी केन्द्रका अजयमेरु गाउँपालिका अध्यक्ष गणेश पाण्डेयले गरेका थिए ।
अधिवेशनको उद्धघाटन सत्रमा बिशिस्ट अथितिहरु पार्टीका केन्द्रिय सदस्य भरत घानुक, डडेल्धुरा जिल्ला इन्चार्ज कुन्ती जोशी,पार्टीका प्रदेश उपाध्यक्ष मान सिंह माल,प्रदेश सचीव जनक बुढा,जिल्ला संयोजक तथा अजयमेरु गाउँपालिका अध्यक्ष उमेश प्रसाद भट्ट लगायत सुदूरपश्चिम प्रदेश कमिटी सदस्यहरु तथा जिल्ला समन्वय समितिका सदस्यहरुको उपस्थिती रहेको थियो।
अधिवेशनको खुल्ला सत्रमा माओवादी केन्द्रका नेताहरु भरत धानुक,कुन्ती जोशी,मान सिंह माल,जनक बुढा,उमेश प्रसाद भट्ट (विकास),चक्र ठकुराठी,लक्ष्मी उप्रेती, परशुराम नगरपालिका अध्यक्ष शेर सिंह माल (डाइमण्ड) लगायत नेताहरुले शुभकामना मन्तव्य राखेका थिए।
गाउँपालिका अधिवेशनले ४५ सदस्यीय गाउँ कमिटी निर्वाचित गर्ने छ जस अन्तरगत पाँच सदस्य मनोनित हुने माओवादी केन्द्र डडेल्धुराका कार्यालय सचीव करन साउदले जानकारी दिए। उनका अनुसार उद्घाटन सत्रको समापन पश्चात् बन्द सत्र सुरु हुने छ।
माओवादी केन्द्र डडेल्धुराले यसअघि परशुराम नगरपालिका र आलिताल गाउँपालिकाको अधिवेशन सम्पन्न गरिसकेको छ।