नेकपा एमालेका सचिव लेखराज भट्टले आफूहरु एमालेमा हेपिएको गुनासो गरेका छन्। पूर्वमाओवादी पृष्ठभूमिका नेता भट्टको एमाले अध्यक्ष केपी ओलीले आफूहरुलाई आतंककारी भएको भनेको प्रति असन्तुष्टि जनाएका छन्।
भाइतल भिडिओमा उनले भनेका छन्,
अध्यक्षका लागि कुरा त गरेकै हो, रिपोर्ट पनि गरिएकै हो । तर नेतृत्वले त्यसलाई गम्भीरतापूर्वक लिएन । यो समस्या हामीमा छ । मलाई के हो त भन्दा प्रचण्डसँग जुधेको जस्तो म अहिले केपीसँग जुध्न सक्दिनँ । किन भने त्यहाँ लडेर आइएको छ, यहाँ केपी भनिएको छ, नेतृत्व स्वीकारिएको छ । अहिल्यै लड्ने कुरा भोलि नेतृत्वले त्यसलाई नेगेटिभ लिँदा समस्या हुन्छ ।
हाम्रो एमालेमा त म भन्ने छ नि त अहंकार नेताहरूमा म । मार्कसिजम भन्छ नि म भनेर । मबाहेक रहने छैन भनिन्छ । मेरो के हुन्छ भने या त मैले अन्य पार्टी खोल्नुपर्छ कि त सन्यास लिनुपर्छ । अहिले नै केपीसँग जुध्ने हो भने त समस्या आइहाल्छ, अहिले बेलै भएको छैन।
भर्खर हामी आएका हौँ, उहाँले हामीलाई राम्रोसँग बुझ्नु भएको छैन । तर हामीले त बुझिसकेका छौँ । उहाँहरूले हामीलाई बुझ्नु भएको छैन । अहिले टोपबहादुर भित्र पस्नु भयो । खासगरी के भन्ने जिम्मेवार मान्छेले लेख्या लेख्यै छन् । म ठूलै अपराध गरेर यहाँ बस्न आए जस्तो लेखिरहन्छन् ।
कहिले अध्यक्ष मञ्चमा हामी छौँ, आतंककारी भनिदिनुहुन्छ हामीलाई । अपराधी र हत्यारा भनिदिनु हुन्छ हामीलाई । तर हामी अहिले पनि गर्व गर्छौँ । जनयुद्ध नभएको भए आज केपी शर्मा ओलीले पनि त्यसरी बोल्न सक्नु हुन्नथ्यो । त्यो ठाउँ उहाँले पाउनु हुन्थेन ।