डडेल्धुरा - डडेल्धुराको भित्री मधेस क्षेत्र स्थित परशुराम नगरपालिकामा अवस्थित श्री भागेश्वर मा वि कटालले आफनो स्थापना दिवसको अवसरमा स्वर्ण जयन्ती तथा अविभावक दिवस मनाउने भएको छ। बिद्यालयले शुक्रबार एक सुचना जारी गर्दै सो निर्णय गरिएको जनाएको छ।
बि सं २०३२ सालमा स्थापना भएको सो बिद्यालय व्यवस्थापन समितीका अध्यक्ष शेर सिंह मालका अनुसार उक्त स्वर्ण जयन्ती तथा अबिभावक दिवसका अवसरमा सम्पूर्ण शिक्षा प्रेमी समाज सेबी, बुद्धिजिवि, अभिभावक, शिक्षक, विद्यार्थी, कर्मचारी जनप्रतिनिधि, राजनितिक कर्मी, पत्रकार लगायत सम्पुर्ण आम भित्रि मधेशबासीहरुमा उपस्थितिका लागि अनुरोध गरिएको जनाए ।
बाल विकास देखि कक्षा १२ सम्म,कक्षा ९-१२ मा प्राबिधिक धार तर्फ बाली बिज्ञान बिषयको अध्ययन अध्यापन भइ रहेको उक्त विद्यालय जिल्लाकै एक अग्रणी शैक्षिक संस्थाको रुपमा परिचीत छ।
अध्यक्ष मालका अनुसार भागेश्वर मा बि कटालको २०८१/१०/०४ को बिद्यालय व्यवस्थापन समितिको बैठकको निर्णय अनुसार स्वर्ण जयन्ती तथा अभिभावक दिवस समारोहको उद्घाटन मिति २०८१/१०/२८ गते भई २०८१/११/०२ गते सम्म विविध कार्यक्रम गरि मनाउने निर्णय भएको बताए ।
जिल्लाको नमुना बिद्यालयको रुपमा रहेको उक्त बिद्यालयले गत बर्षहरुमा पनि विविध अतिरिक्त क्रियाकलाप हरु सञ्चालन गर्दै आइरहेको छ।
कार्यक्रम हरु
१) विद्यालयको प्रगति प्रतिवेदन प्रस्तुत
२) १) खुल्ला पुरुष भलिबल प्रतियोगिता टिम दत्ता ७,५००
प्रथम पुरुस्कार रु ३,००,००० प्रमाण पत्र ट्रफी मेडल
द्वितिय पुरुस्कार रु १,५०,००० प्रमाण पत्र ट्रफी मेडल
तृतिय पुरुस्कार रु ७५,००० प्रमाण पत्र ट्रफी मेडल
२) खुल्ला महिला भलिबल प्रतियोगिता टिम दर्ता ४,०००
प्रथम पुरुस्कार रु १,५०,००० प्रमाण पत्र ट्रफी मेडल
द्वितिय पुरुस्कार रु ७५,००० प्रमाण पत्र ट्रफी मेडल
तृत्तिय पुरुस्कार रु ५०,००० प्रमाण पत्र ट्रफी मेडल
(पुरुस्कार हरुमा नियमानुसार कर कट्टी गरिनेछ)
३) सस्थापक अध्यक्ष तथा जमिनदाताको सालिक अनावरण
४) स्वर्ण स्तम्भ
५) परशुराम न पा जन प्रतिधिनिधिहरु लाई सम्मान/कार्यालय प्रमुखलाई सम्मान
६) जेष्ठ नागारिक सम्मान
७) परशुरामका मा बि प्र अ/बिव्यस अध्यक्ष/शिअस अध्यक्ष सम्मान
८) विद्यालयका पूर्व बि ब्य स / पुर्व शिक्षक सम्मान
९) पुर्व बिद्यार्थी सम्मान
१०) उत्कृष्ट बिद्यार्थी सम्मान
११) बिद्यार्थीको देउडा प्रतियोगिता
१२) विविध सास्कृतिक कार्यक्रम
१३) अन्य बिबिध कार्यक्रम
१४) अक्षय कोष घोषणा तथा अक्षय कोष सस्थापकलाई सम्मान