सुप्रिमाे क.प्रचण्ड दक्षिण एसिया कै खाेजि हुने नेता मात्रै हेाईनन विश्व राजनीति मा शक्तिशाली कम्युनिस्ट नेता हुन ! हिन्दु सँरचना भित्र विकास भएको राजतन्त्र र राजतन्त्रको अपरिसँरचना विकास भएको सामन्तवादकाे रक्षागणमा विकास भएको नेपाली उत्पिडित समुदाय र त्यस भित्र विकास भएको प्रजिबि नेतृत्वलाई उत्पिडितहरुकाे पनि राज्य हुन्छ भने चेत एक्काइसौं सताब्दिकाे यश अघिका दुई दशक सम्म पनि विश्वास थिएन !
राज्य कस्काे- महाराजाधिराजकाे
भुगाेल कस्काे - महाराजधिराजकाे
सरकार कस्काे - महाराजधिराजकाे
देश कस्काे - महाराजधिराजको
यति मात्रै हैन दिनको सुरुवात र अन्त्य पनि महाराज कै महिमा र स्तुति सँगै हुन्थ्याे ! लाग्थ्यो राजा देवहरुका दुत हुन अरु सबै सेवक ! दलित ,जनजाति महिला ,मधेसी जनताको सामाजिक र राजनीतिक हैसियत कहाँ थियो ! इतिहास पढ्नै पर्दैन विगत सम्झे काफि हुन्छ ! बागमती मा धेरै पानी बगेकाे छैन ! उपल्लो वर्ग र उच्च जातिले मात्रै मुख्यतः दलित समुदायको बिभेदपुर्ण सामाजिक हैसियत निर्धारण गरेको थियो ! यश समुदायको सामाजिक र राजनीतिक हैसियत के थियो ? कानुनी र राजनीतिक समाजमा बिधमान उत्पिडनमा कमि हुन्छ भन्ने विश्वास स्वयं उत्पिडित नेतृत्वलाई पनि विश्वास थिएन !
उत्पिडित समुदायको अान्दोलन काे दिशानै स्पष्ट थिएन ! दलित अान्दोलन काे हिसाबले भन्ने हाे भने सिँहदरबार हिड्नु पर्ने अान्दोलन पशुपति तिर हिडेकाे इतिहास साचो छ ! मन्दिर प्रवेश दलित अान्दोलन काे गैारवकाे बिषय बन्यो ! पुजा , अात्मसम्मानकाे बिषय त्यहि पशुपति तिर हिडेकाे अान्दोलन लाई सिहदरबार तिर डार्याउने काम कस्ले गर्याे ? मधेसका माटोमा अाेइलिएकाे अान्दोलन लाई सिहदरबार तिर डाेर्याउने काम कस्ले गर्याे ? महिलाको हातमा बिद्रोह काे बन्दुक दिने शाहस कस्ले गर्याे ? प्रचण्डलाई जँगलबाट सहर ल्यायो भनेर गुण लगाउन खाेज्ने परजीवी लाई नेपाली समाजशास्त्रकाे अध्यायन गर्न म अनुरोध गर्दछु ! यति मात्रै हाेईन दलित , महिला ,जनजाति र मधेसी अान्दोलन मा प्रचण्डको उछेटाे काट्ने जमात पनि थुप्रै छ ! भन्छन् प्रचण्डले केही गरेनन् ,यस्तो गरेनन् अादि !
राजनीतिक स्वार्थमा प्रयोग गर्न जुन चरित्र नेपाली राजनीतिमा प्रयोग भएको छ यसले नेपाली राजनीति लाई कमजोर र पार्छ नै प्राप्त उपलब्धिलाई पनि गुमाउने खतरा हुन्छ ! ज्ञात हाेस प्रचण्ड उत्पिडित वर्गको वैचारिक हतियार हाे ! विश्व राजनीतिक इतिहासमा एक्काइसौं सताब्दिकाे अादर्थ नेतृत्व हाे प्रचण्ड ! नेपाली समाजले चाहे जस्तो परिवर्तन भए पनि सामाजिक जिवनमा परिवर्तन अाउन सकेन तर याे सबै प्रचण्डको कारणले मात्रै नभएको भन्न सकिदैन ! प्रचण्डको कारणले केकु भए अाँखा चिम्लेर छातिमा हात राखेर साेचाै यति ठूलो राजनीतिक ,सामाजिक परिवर्तन अहिले विश्व माझ नेपाल जस्तो देशमा कसरी सम्भव भयो ? साेचाै ! व्यवस्था फेरियो अब नागरिकको चरित्र बदलिनु जरुरी छ ! जनउत्तरदायि प्रतिनिधिकाे सँख्या र कार्यान्वयनकाे सवालमा प्रश्न गर्न सकिन्छ !
अहिलेकाे जनप्रतिनिधिकाे चरित्र बाट निर्माण गर्न सकिदैन तर पनि राज्यको सँरचनाहरु ईन्द्रेणि समावेशीकाे रुपमा विकास भएको छन ! साँसद सबै जनजाति र भाषा भाषिकाे रुपमा विकास भएको र यस्काे सिर्जनात्मक निर्माण कसरी गर्दैजाने ? उच्चतम जनमत कसरी बनाउदै जाने ? यस्काे समिक्षा गर्न जरुरी छ ! हिजोका राजामहाराजा र सामन्तीहरुकाे स्वर्ग चानचुने रुपमा ढलेकाे ,भत्किएको हाेइन यहि तुसले सामन्तका अवसेसहरुले प्रचण्ड माथि बारम्बार प्रहार गरिरहेका छन ! सामन्तवादीकाे नजरमा दलितहरू प्रदेश प्रमुख बनेको ,न्यायाधीश र स्थानीय सरकार प्रमुख बनेको पचेकाे छैन ! मधेसी रास्ट्रपति ,मुख्यमन्त्री बनेको पचेकाे छैन ! थारुहरु जागरुक भई अाफ्नाे मागेकाे पचेकाे छैन ! जनजाति ले अाफ्नाे पहिचान मागेको त कहाँबाट नै पच्थ्याे र यी सामन्तवाद हरुलाइ ! यहीँ कारणले प्रचण्डलाई लगातार प्रहार भैरहेको छ।
प्रचण्ड कै नेतृत्वमा यति ठूलो राजनीतिक परिवर्तन भयो ! देश बन्नलाइ सहि नेतृत्व र सकरात्मक सहभागीता चाहिन्छ ! नेतृत्व शाहस तब बढ्छ जब नागरिकले कठिन भन्दा कठिन समयमा नेतृत्वको रक्षा गर्दछ ! प्रचण्ड राष्ट्रकाे सर्वभाैमिकता , जनताको अाकाङ्क्षा र सहिदको सपना प्रति सँवेदनशिल छन ! प्रचण्डको अनुहारमा देश ,जनता र सहिदको लागि उत्कृष्ट चाहाना झल्किन्छ ! एकचोटि फेरि अनिवार्य युगपुरुषलाई सबैले विश्वास गर्ने समय छ ! एक्काइसौं सताब्दिकाे याे समयमा विश्व उत्पिडितहरुकाे गाैरवपुर्ण नेतृत्व निर्माण गराैँ ! नेपाली भुमि बाट एक्काइसौं सताब्दिकाे अादर्श नेतृत्वको विकास गराैँ ! विश्वास गराैँ ,हामी बदलिए देश अवस्य बदलिन्छ ! देश बदलिन असल नेतृत्व र सकरात्मक सहभागिता चाहिन्छ !!