बाँचुन्जेल सम्म हामीले याहाँ,
केही त गर्नु छ।
धर्ती को भार नबनी याहाँ,
एक दिनता मर्नु छ।
समाज बिच असल बनी,
नाम कृति राखेर।
अहम भावना, मनमा नराखौ,
इर्ष्या लाई बोकेर।
बाचुन्जेल हामीले, जे जति गर्यौ,
त्यही मात्र पाइन्छ।
बाच्दालाई जन्ती, मर्दा मलामी,
सबैलाई चाहिन्छ ।
जन्मे पछि मर्ने यो चोला,
सबैलाई थाहा छ।
थाहा भए पनि वास्ता नै छैन,
सवार्थ मै डुव्दछ।
आफनो परम्परा धर्म लाई आज,
वहिस्कार गरेर।
विदेशी धर्म अगाल्न पुगे,
लोभमा परेर।
कमाउन मात्र छ मानव ध्यान,
ईस्वरलाई विर्सन्छ।
जब उसलाई रोगले च्याप्छ,
तब उ तर्सिन्छ।
उमेर छदै भक्तिमा लागौ ,
ईस्वर लाई पुकारौ।
ईस्वरलाई सधैं मनमा राखौं ,
अनादर नगरौं ।
मरेको भोलि दुई दिन हुन्छ ,
के गर्नु धनले।
जति छ तेती संतोष गरौ,
आनन्दीत मनले।
तोयालाल दाहाल काकडभिट्टा झापा।