डडेल्धुरा - प्रेस सेन्टर नेपाल सुदूरपश्चिम प्रदेशको अधिवेशन सम्पन्न भएको छ।
डडेल्धुराको आलितालमा सम्पन्न सेन्टरको तेश्रो अधिवेशनले केशवराज जोशीको अध्यक्षतामा २७ सदस्यीय प्रदेश कमिटी सर्वसम्मत निर्वाचित गरेको छ।
अधिवेशनबाट उपाध्यक्ष खुलातर्फ कर्ण चन्द, उपाध्यक्ष समावेशी मुकेश चौधरी, उपाध्यक्ष महिला जानकी धामी, महासचिव तेजराज भट्ट, सचिवमा सुभाष कठायत, ललित बोहरा , होम साउद, पदम सुनार, पहिलाद राना, कोषाध्यक्षमा दिपकराज अवस्थी लगायत २७ सदस्यीय समिति नवनिर्वाचित गरेको छ।
प्रेस सेन्टरको अधिवेशन नेकपा (माओवादी) केन्द्रका केन्द्रिय उपमहासचिव तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज गिरिराजमणि पोखरेलले को प्रमुख आतिथ्यतामा उद्घाटन भएको थियो।
कार्यक्रममा बिशिस्ट अतिथिहरु प्रेस सेन्टर नेपालका केन्द्रिय वरिष्ठ उपाध्यक्ष कमल गिरि,उपाध्यक्ष राम सिंह ठगुन्ना,उपाध्यक्ष तथा बागमती प्रदेश इन्चार्ज लक्ष्मण खडका,महासचिव सन्तोष पौडेल लगायत केन्द्रिय पदाधिकारी,केन्द्रिय सदस्यहरु,प्रदेश पदाधिकारी,माओवादी केन्द्रका प्रदेश उपाध्यक्ष मान सिंह माल,प्रदेश सभा सदस्य ओम विक्रम भाट लगायतको उपस्थितिमा सम्पन्न भएको हो।
कार्यक्रममा प्रेस सेन्टरले जनयुद्धका समयमा पत्रकारितालाइ महत्त्वपूर्ण योगदान गर्दै देश र समाज रुपान्तरण गर्न अहोरात्र कटिएका युद्ध पत्रकारहरुलाइ सम्मान गरिएको थियो। युद्ध पत्रकारिता बाट करिब ३० जनालाइ सम्मानित गरिएको थियो।
सम्मेलनमा नेपाल पत्रकार महासंघमा विभिन्न पदहरुमा निर्वाचित भएका पत्रकारहरुलाइ समेत सम्मान तथा कदर पत्र प्रदान गरिएको थियो