डडेल्धुरा - डोटी जिल्लाको शिखर नगरपालिका वडा नम्बर १० को पवित्र गहनान तिर्थस्थल गहनान त्रिवेणी धाममा "श्रीमद देवि भागवत महापुराण ज्ञान धन धन्याञ्चल लक्ष्य हवन महायज्ञ २०८१" आयोजना हुने भएको छ।
महायज्ञ मुल आयोजक समितीका अध्यक्ष ललित बलायरका अनुसार यहीँ चैत्र १७ देखि २५ गतेसम्म डोटि र डडेल्धुरा जिल्लाको संगमस्थल गहनान भुमिराज देवताको देवस्थलमा उक्त महायज्ञ हुनगइरहेको हो।
डोटि र डडेल्धुराको सिमाना (सेति नदि र शाकल्य नदिको संगम) स्थल शाकल्य ऋषिले तपस्या गरि ज्ञान आर्जन गरेको पवित्र ऎतिहासिक भुमि मानिन्छ। पौराणिक कालमा ५ पाण्डवहरुले ध्यान तपस्या गरेको पवित्रस्थल समेत मानिन्छ ।
धार्मिक,पर्यटकिय तथा ऎतिहासिक,सामाजिक जनजीवन र पक्षको प्रचारप्रसार तथा उजागर गर्दै सो क्षेत्रको समग्र विकासमा टेवा पुर्याउने उदेश्य सहित सम्पुर्ण हिन्दुधर्मालम्बिहरुको आस्थाको केन्द्र र गन्तव्यस्थल बनाउन तथा तिर्थस्थलको महिमाको बारेमा प्रचारप्रसार गर्न महायज्ञको आयोजना गरिनलागेको जनाइएको छ।
महायज्ञको उदघाटन पुर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले गर्ने छन भने महायज्ञको प्रमुख वाचक आध्यात्मिक प्रमुख वाचक पण्डित श्री ऋषिकेश उपाध्याय रहने आयोजकले बताएको छ।
महायज्ञमा तुलादान,अन्नदान,गौदान,आरतीसेवा,विशेष पुजा,ब्राह्मणपूजा,ब्राह्मण भोजन,प्रसाद वितरण,ब्रतबन्ध लगायत कार्यक्रमहरु हुनेछन।
त्यससँगै योगबिज्ञान शिविर,शालिग्रामपुजन,देविभागवत,मुलपाठ,रुद्री श्रीमद्भागवत कथा प्रवचन,झाँकी बालसँस्कार कार्यक्रम,भजनकृतन पनि हुने छ्न।
यससँगै दाताहरु लाइ सम्मानपत्र,दाताको नाम शिलापत्रमा अंकित पनि गरिने आयोजकले जनाएको छ। महायज्ञ सम्पन्न गर्न विभिन्न २० वटा उपसमिति गठन गरि जिम्मेवारी बाँडफाँड गरिएको छ। महायज्ञ कार्यक्रममा २ लाख बढी दर्शनार्थीहरु दर्शन गर्न आउने अनुमान गरिएको र १ करोड बराबर खर्च हुने अनुमान गरिएको आयोजकले जनाएको छ ।
डडेल्धुरा को गन्यापधुरा,नवदुर्गा,डोटीको शिखर नगरपालिका मुख्य संरक्षकको भुमिकामा रहेका छन। ३ वटै पालिकाहरुको स्वामित्व रहेको गहनान क्षेत्र भएपनी सुदूरपश्चिम का ८८ वटै पालिकाहरुलाइ आवस्यक सहयोगको लागि आह्वान गरिएको अध्यक्ष बलायरले बताए ।