काफल पाक्यो ,भनेर चरी,
वनमा कराउँछे।
कुहुँ कुहुँ गर्दै , कोयली चरी,
रुखमै हराउँछे।
कुर्ले ढुकुर, कुर कुर गर्छे,
डालिमा बसेर।
बिउछर चरी बिउछर भन्छे,
खुसी भै हाँसेर।
कुकु चरी स्वर फिजाई,
क्या राम्रो बासेको।
बसन्त ऋतु पाएर होला,
मयुँर हाँसेको।
भुन भुन माहुरी भ्रमरा हरु,
फूलको रस चुसेर।
मह बनाउन स्कृय यिनी,
घार मा बसेर।
चाप है फुल्यो चिमल फुल्यो,
बसन्त डाकेर।
डाँफे र मुनाल,कस्तुरी बस्छन्,
प्राकृति भाकेर।
न्याउँ न्याउँ भन्दै बिरह गीत,
न्याउँलीले गाउँदछन्
बैरागी बनी बसन्त संग,
पिरथी लाउँदछन्।
चरीको मिठो स्वर लहरिले,
बसन्त राम्रो हो।
सेता ,र राता गुराँस फूलने,
देश यो हाम्रो हो।
पुराना पात झरेर जान्छन्,
नयाँ पात पलाउँछन,
यिनै कलिला पातहरुले नै,
बसन्त बोलाउँछन।
बसन्त ऋतु दुई महिना लाइ,
यसरी सजाउँछिन।
झ्याउकिरी हरु संगित बनाई,
आफैमा रमाउँछिन।
ऋतुको राजा बसन्त हाम्रो,
यसरी आउँदछ।
मेची देखि महाकाली सम्म,
पिरथी लाउँदछ।
समाप्त ।
--------------
तोयालाल दाहाल काकडभिट्टा झापा ।