कोरोना भाइरसबाट संक्रमणबाट पछिल्लो २४ घण्टामा १२ सय २१ जना संक्रमित भएका छन् ।
मन्त्रालयमा आयोजित नियमित कोरोना ब्रिफिङमा दिइएको जानकारी अनुसार ३४८ जना महिला र ८७३ जना पुरुष थपिएका छन् ।
सक्रिय संक्रमितको संख्या १७ हजार ५१८ पुगेको छ । जसअनुसार संस्थागत आइसोलेसनमा १० हजार ६१२ रहेको छ । होम आइसोलेसनमा ६ हजार ९०६ जना संक्रमित रहेका छन् ।यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ३८ हजार ५६१ पुगेको छ ।
पछिल्लो २४ घण्टामा २६७ जना संक्रमित निको भएर घर फर्किएका छन् । हालसम्म २० हजार ८२२ जना निको भएर घर फर्किसकेका छन् । यो कुल संक्रमितको ५४ प्रतिशत हो ।
यसैगरि पछिल्लो २४ घण्टामा १४ जना संक्रमितको मृत्यु भयको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले आइतबार अपरान्ह गरेको नियमित कोरोन अपडेटमा प्रवक्ता प्राडा जागेश्वर गौतमले दिएको जानकारी अनुसार ४ जना महिला र १० जना पुरुषको मृत्यु भएको छ ।
जसमध्ये सुनसरीका ७४ वर्षीया, बाराका ४७ वर्षीया, महोत्तरीका ६२ वर्षीया र काठमाडौंका ७२ वर्षीया महिला रहेका छन् ।
यसैगरी, सुनसरीका ६० वर्षीय, मोरङका ६२ वर्षीय, महोत्तरीका ३५ र ७० वर्षीय पुरुषको मृत्यु भएको छ ।
यस्तै, रौतहटका ३० वर्षीय, भक्तपुरका ६५ वर्षीय, नवलपरासीका ६२ वर्षीय र रुपन्देहीका ५७ र ६७ वर्षीय पुरुषको पनि संक्रमणबाट मृत्यु भएको प्रवक्ता गौतमले बताए ।
मन्त्रालयले हालसम्म गरेको अपडेट अनुसार जम्मा मृतकको संख्या २२१ पुगेको छ ।