आजभोलि युवा पुस्तामा इन्टरनेट अथवा अनलाईन भन्ने शब्द निकै लोकप्रिय बनेको छ । मानिसहरू इन्टरनेट शब्दको परिभाषा बुझेर होस् या नबुझेरै भएपनि यसको प्रयोग अत्याधिक गरेको पाइन्छ । एउटा ग्रामीण इलाकाको सामान्य निरक्षर व्यक्तिले पनि फलानाको छोराले विदेशबाट नेटमा कुरा गरेको छ भनेको सुनिन्छ । आज हरेक व्यक्तिको हातमा स्मार्ट फोन हुने हुँदा होटेल, रेष्टुरा, अफिस, गाडीको यात्रामा (साझा बसमा चढेका युवाले भनेझैं) वाईफाईको पासवर्ड माग्न हतारिन्छन् । इन्टरनेटको कारण आज समय निकै बदलिएको छ, जसले गर्दा धेरै विकास र केही विकृतिहरू पनि सिर्जना गरेको छ । ठूला सङ्ख्यामा मानिसहरूले दिनहँु दोहो¥याई तेहे¥याई उच्चारण गर्न बाध्य हुने यो इन्टरनेट भनेको के हो त ?
इन्टरनेट भनेको भू–उपग्रहमार्फत् संसारभरि फैलिएको कम्युटरहरूमा हुने एउटा सिस्टम हो । कम्प्युटरले बुझ्ने भाषामा कुनैपनि सामाग्री राखेर त्यसलाई एउटा कम्प्युटरबाट इन्टरनेटमा छोडेपछि (गउष्लिप) विश्वभरिका कम्प्युटरमा एकैपटक र आफूले चाहेको बेला हेर्न, पढ्न र सुन्न सकिन्छ । जस्तै नेपालको एउटा कम्प्युटरमा छोडेको सामाग्री तत्काल अमेरिकामा रहेको कम्प्युटरमा त्यहाँको जो कोही व्यक्तिले हेर्न सक्छ र झिक्न (मयधलयिबम) गर्न सक्छ । इन्टरनेटको पहुँच र प्रशारण असिमित हुन्छ । तर रेडियो, टेलिभिजनको निश्चित तरङग पुग्ने ठाउँसम्म मात्र पहुँच र प्रभाव हुन्छ । छापा माध्यमको सामाग्री त झन् मानिसले बोकेर अर्को ठाउँसम्म पुर्याछएपछि मात्र त्यो पढ्न र हेर्न सम्भव हुन्छ । त्यस्तै अखवारको पहुँच त झन् कम हुन्छ । तर इन्टरनेट संसारभरि अरबौँ मानिसले कम्युटर सफ्टवेयरमार्फत् एकैपटक पढन, हेर्न र सुन्न सक्छन् । अर्को्तिर इन्टरनेट सर्वसुलभ पनि छ । कम्प्युटर मात्र नभएर एउटा कम मूल्यको मोवाइल, ट्याब्लेटमा पनि यो सुविधा हुन्छ । आजकाल त झन् कम्प्युटर पनि निकै कम मूल्यमा र सानो आकारमा पाइने हुँदा सर्वसाधारण मानिसले इन्टरनेट प्रयोग गर्न सक्छन् ।
मानवीय चासो र रुचिका विभिन्न विषयमा समाचार सङ्कलन गरी यसरी इन्टरनेटमा उपलब्ध गराउनुलाई अनलाईन भनिन्छ । इन्टरनेटको विकास भएको निकै छोटो अवधिमा नै नेपालमा अनलाइनको शुरुवात भएको हो । १९९५ मा नेपालमा इन्टरनेटमा समाचार उपलब्ध गराउने पहिलो नेटपत्रिका काठमाडौं पोष्ट हो । काठमाडौं पोष्ट नेपालको मात्र नभई दक्षिण एसियाकै पहिलो अनलाईन पत्रिका मानिन्छ । यस्तै अहिलेसम्मको आँकडाअनुसार धेरै मानिसमा लोकप्रिय अनलाईन पत्रिकाको रूपमा नेपाल न्युज डटकमलाई लिइन्छ । यो साईड नेपालका कूल जनसङ्ख्याको ४ भाग भन्दा बढीले लग अन गरिएको बताइन्छ । नेपालीहरू संसारका विभिन्न देशहरूमा छरिएर रहेको र यहाँका गतिविधि थाहा पाउनको लागि यो साइड लगअन गर्ने हुँदा करोडौं पटक लगअन गरिएको मानिन्छ ।
इन्टरनेटको विकासले अनलाईन पत्रकारिताको विकाससँगै पत्रकारहरूलाई धेरै खालका चुनौति पनि थपिदिएको छ । अनलाईका लागि समाचार सङ्कलन लेखन तथा सम्पादन गर्नुलाई अनलाइन पत्रकारिता भनिन्छ ।
आजभोलि अनलाईनको लागि विभिन्न सञ्चारगृहहरू खुल्ने क्रम बढिरहेको छ र अनलाइनकै लागि भनेर पत्रकारहरू (चभउयचतभच) तयार गरिन्छ । शुरुमा अनलाईन टेक्स मात्र थियो । पछि श्रव्य शुरु भयो र त्यसपछि दृश्य पनि शुरु भयो । यसो हुँदा रेडियो सुन्नको लागि भयो । पत्रिका पढ्नको लागि भयो र टेलिभिजन हेर्नका लागि । तर अनलाइन हेर्न, सुन्न, पढन, प्रतिक्रिया दिन पनि सम्भव भयो । त्यसैले अनलाईन पत्रकारिता झनै चुनौतिपूर्ण बन्यो । पत्रकारिता गर्नको आधारभूत रूपले संचारमाध्यमका सैद्धान्तिक नियमहरू एउटै भएपनि अनलाईन पत्रकारिता चुनौतिपूर्ण छ ।
त्यसैले मिडिया समाजको ऐना हो । समाजको चरित्र र स्वरुप जस्तो छ त्यस्तै प्रतिरुप मिडियामा प्रतिबिम्बित हुन्छ । तर मिडिया समाजको ऐना मात्रै होइन समानता,सुशासन र न्यायका लागि सकारात्मक गोरेटो पहिल्याउने समाजको पथ—प्रदर्शक पनि हो । मिडियाले यथार्थको प्रतिनिधित्व मात्र गर्दैन भविष्यमा देख्न चाहेको संसार र समाजको पुनः निर्माण पनि गर्छ । मिडियाको मुख्य भनेको समाजमा घटित घटना, समस्या, सम्भावनाको खोजी गर्दै समाचारको माध्यमबाट सूचना प्रवाह गर्नु नै हो । मिडिया वा सञ्चारमाध्यमले सूचना प्रवाहसँगै शिक्षा र मनोरञ्जन पनि प्रदान गर्दछ । मिडियाले निरन्तर रुपमा प्रदान गर्ने सूचना, शिक्षा र मनोरञ्जनले प्रस्तुत विषयका सन्दर्भमा आम नागरिकको विचार निर्माण हुन्छ । कतिपय सन्दर्भमा सकारात्मक र कतिपय अवस्थामा मिडियाकै प्रस्तुत विषयका आधारमा नकारात्मक जनमत पनि बनिरहेको हुन्छ । यो मिडियाले प्रस्तुत गर्ने विषयवस्तुमा भर पर्ने कुरा हो । मिडियाबाट प्रवाहित विषयवस्तुले आम नागरिक र सामाजिक जीवन वा चरित्रमा प्रत्यक्ष प्रभाव पारिरहेको हुन्छ ।
समाजमा रहेका विविध प्रकारका दमन,शोषण,अन्याय,अत्याचारका विरुद्धमा शसक्त रुपले आवाज बुलन्द पार्दै समुन्नत समाज निर्माण र समग्र राष्ट्रकै शान्ति, उन्नति र समृद्धी तथा देशको समग्र विकास होस भन्ने उद्धेश्यले यस चेतना खबर डट कम अन्लाइन मिडियाको स्थापना भएको हो । आमसञ्चार जगत राज्यको चौथो अंग भयकाले पनि समाजमा रहेका कैयौँ अन्याय अत्याचार दमन शोषण,अनियमितता,मौलाइरहेको भ्रष्टाचार लगायत समाजमा पछाडीेका पारएिका व्यक्तिहरु बर्ग, क्षेत्र, समुदाय हरुका समस्यालाई कलमको माध्यमबाट सम्बन्धित निकायमा पु¥याइ पारदर्शि रुपमा यस मिडियाले काम गर्ने अभिप्रायले विधिवत रुपमा दर्ता भएको छ । नेपाल प्रकृतिक रुपमा अतिनै सौन्दर्यताले भरिपूर्ण देश हो यद्यपी कैयौँ प्रकारका सौन्दर्यताले भरिपूर्ण रहेका स्थानहरुको पहिचान,परिचय तथा प्रचार प्रसारको अभावको कारणले ओझेलमा परेका छन् । त्यस्ता प्रकारका सौन्दर्यताले भरिपुर्ण रहेका स्थानहरुको पहिचान गरि प्रचार प्रसार तथा पर्यटकीय क्षेत्रहरुको पहिचान,सम्बर्धन प्रवर्दन गर्नका लागि यस अन्लाइनले निरन्तर चेतनाको संवाहकका रुपमा काम गरिरहने छ । यो सञ्चार माध्यमले जनसरोकारका विविध पक्षमा आवाज उठाइ समाज तथा सुशासनको प्रत्याभुति गराउनमा बेग्लै पहिचान समेत कायम गराउन सफल हुने विश्वास छ । स्थानीय सरकारको मानव अधिकार र संघीय तथा प्रादेशिक सरकारले प्रत्याभुत गरेका आधारभुत मान्यताको परिपालना गर्दै लोककल्याणकारी र सेवामुखी कार्य सृजना गर्नु आवश्यकता देखिएकोले उपर्युक्त लक्ष्य प्राप्तिका लागि । वि. सं २०७६ सालमा विधिवत रुपमा नेपालको संविधानले प्रदान गरेको छापाखाना तथा प्रकाशनको हकलाई मध्यनजर गर्दै यो चेतना खबर डट कम नामक अन्लाइन पत्रिका सञ्चालनमा आएको छ ।
यो अनलाइन पत्रिकाले पाठक र शुभचिन्तकले दिएका राम्रा–नराम्रा कुराहरुलाई आत्मसाथ गदैं आगामी दिनमा डडेल्धुराबाट सञ्चालन गरिएको चेतना खबर डट कम अनलाइले पत्रकारिता क्षेत्रलाई मर्या्दित, ब्यावसायिक, मिसन पत्रकारितलाई आत्मसाथ गर्दै अघि बढने छ।
यस डिजिटल अन्लाइन मिडियालाइ सहि मार्गदर्शन गराउन,सल्लाह,सुझाव सहयोग अनि समर्थन हुने छ भन्ने आम नागरिक,बुद्धिजिवि,राजनितिककर्मी लगायत सम्पुर्ण प्रति विश्वास प्रकट गर्दछु ।
सम्पादक